पाउनुपर्ने साढे २ कराेड अनुदानको रकम पाएनन उखु कृषकले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पाउनुपर्ने साढे २ कराेड अनुदानको रकम पाएनन उखु कृषकले

सारांश

  • माधव बेल्वासे ।
  • कपिलवस्तु चन्द्रौटा, २ मंसिर ।
  • कपिलवस्तुका उखु किसानहरु सरकारले दिने अनुदान नपाए पछि पुनः आन्दोलित भएका छन ।

माधव बेल्वासे । कपिलवस्तु चन्द्रौटा, २ मंसिर । कपिलवस्तुका उखु किसानहरु सरकारले दिने अनुदान नपाए पछि पुनः आन्दोलित भएका छन । आव ०७१।७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले दिने भनेपनी अहिलेसम्म नपाउदा किसानहरु आन्दोलित भएका हुन् ।

यसअघि पनि विभिन्न समयमा चरणवद्ध आन्दोलन गरेपनि आश्वासनकै भरमा आन्दोलन स्थगित गरेका किसानहरु फेरी आन्दोलन गर्ने चेतावनी दिएका छन । कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन । अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तुका किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताए ।

करिब ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिले सम्म किन पाउन सकिएन? किसानहरुलाई आश देखाएर नदिनु गलत भएको भन्दै सरकारले किसानहरुलाई तुरुन्तै अनुदान वापत रकम दिनु पर्ने किसानहरुको माग छ । कपिलवस्तुमा मात्रै करिब ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको र सम्पुर्ण प्रकृयाहरु पुरा गरेर पनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए । पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो छ । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको चौधरीले बताए ।

कपिलवस्तु किसान संघको आन्दोलनका कायर्कक्रमहरु अनुसार मंसिर २ गते आइतवार इलाका प्रशासन कार्यलय मार्फत सम्बन्धित मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएका छन । कृषकले साउन २७ गते देखी धर्ना,अनसन लगाएतका आन्दोलनका कार्यक्रम गरेका थिए । भदौ १ गते कपिलवस्तु प्रमुख जिल्ला अधिकारी विभिन्न आवश्वासन दिदै अनसन कार्यक्रम स्थगित गराएको भएपनि किसानहरुले रकम नपाएपछी आन्दोलन गर्न बाध्य भएको अध्यक्ष चौधरीले बताए ।

शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष समेत रहेका चौधरीले मंसिर १८ गते सम्म रकम निकासा नभएमा १९ गते बाट पुन अनसन बस्ने चेतावनी दिएका छन । त्यस्तै स्थानिय समाजेवी कृष्णकुमार चौधरीले किसानहरुको जीविको पार्जनको स्रोत नै उखु रहेको भन्दै वाकि रहेको रकमलाई सरकारले छिटै निकासा गर्नुपर्ने बताए । आईतवार ज्ञापन पत्र वुझ्दै इलाका प्रशासन कार्यलय चन्द्रौटा प्रमुख नर बहादुर खड्काले सम्वन्धित मन्त्रालयमा जानकारी गराई रकम निकासाको लागी पहल गर्ने आश्वासन दिएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब त सबै जनजाति (जस्तै)भए: गृहमन्त्री थापा
अब त सबै जनजाति (जस्तै)भए: गृहमन्त्री थापा
साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !
साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !
अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने
अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने
चलचित्र बोर्डले नियमलाई परिमार्जित गर्‍यो
चलचित्र बोर्डले नियमलाई परिमार्जित गर्‍यो
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
म्यानचेस्टर सिटी सेमिफाइनलमा
म्यानचेस्टर सिटी सेमिफाइनलमा
भिटामिनको जलप लगाएर मानव स्थास्थ्यमाथि खेलबाड, एउटा रोक्ने, अर्को अनुमति ठोक्ने !
भिटामिनको जलप लगाएर मानव स्थास्थ्यमाथि खेलबाड, एउटा रोक्ने, अर्को अनुमति ठोक्ने !
फुटबल विकासमा नेपाल र कतारबीच सहकार्य हुने !
फुटबल विकासमा नेपाल र कतारबीच सहकार्य हुने !
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा