मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
सारांश
- एजेन्सी ।
- भारतको मुम्बईमा मंगलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
- अन्य १२ जना घाइते भएको र अझै केही व्यक्तिहरु भवनको भग्नावशेषमा पुरिएको अवस्थामा रहेको चिनियाँ समाचार संस्था सिन्हलाले जनाएको छ ।
एजेन्सी । भारतको मुम्बईमा मंगलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । अन्य १२ जना घाइते भएको र अझै केही व्यक्तिहरु भवनको भग्नावशेषमा पुरिएको अवस्थामा रहेको चिनियाँ समाचार संस्था सिन्हलाले जनाएको छ ।
मुम्बइको घाटकोपार क्षेत्रमा रहेको रहेको सो पाँचतले भवनमा १५ परिपार वसोबास गर्ने स्थानीय प्रहरीले बताएका छन् । के कारणले भवन भत्किँएको हो भन्ने पत्ता नलागेको स्थानीय प्रहरीले बताएको छ ।भारतमा भवन भत्किँनु एक साधारण घटनाका रुपमा रहेको छ । बारम्बार यस्तो घटना भइरहेको पाइन्छ ।
सन् २०१३ मा मुम्बईमा गैरकानूनीरुपमा निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया