यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता

सारांश

  • काठमाडौं, ११ फागुन ।
  • नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।
  • बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझावअनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाएको हो ।

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझावअनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाएको हो ।

सकेसम्म सातै प्रदेश तथा जातीय, क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार भएको बताइएको छ । मन्त्रीका आकाङ्क्षी धेरै भएकाले यसपटक अनुभव भएका र काम गरेर परिणाम निकाल्न सक्ने नेताहरुलाई चयन गरिएको बताइएको छ ।

मन्त्रीहरुको नामसँगै उनीहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लागिसकेको बताइएको छ । यद्यपि मन्त्रालयको नाम भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा वरिष्ठ नेता रामबहादुर थापा, बर्षमान पुन “अनन्त”, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् । प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई “हिमाल” को विषयमा पनि छलफल चलिरहेको बताइएको छ ।

प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणि पोखरेल, प्रदेश ३ बाट रामबहादुर थापा, प्रदेश ५ बाट वर्षमान पुन, प्रदेश ६ बाट शक्तिबहादुर बस्नेत र प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Karki Uttam

    Janardan sharma khaii???

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok
    ……..kp ……oli

    Comment Author

    Dipaj Jungntgrunge

    Gorilla pani mantri hune bhaechan.. yini mantri huda hizo yini harule jastow bitanda arule macchaye k garthe kunni???

    Comment Author

    Min Gurung

    ४ नं बाट र गुरूडं त छैन त?

    Comment Author

    Min Gurung

    ४ नं बाट र गुरूडं त छैन त?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?