आज करिव साढे ४ अर्बको सेयर कारोबार

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १२, २०७७
|
|
३३ पटक हेरिएको
Shares
आज करिव साढे ४ अर्बको सेयर कारोबार

सारांश

  • साताको पहिलो कारोबारको दिन आज नेप्से सूचक २ प्रतिशत घटेको छ ।
  • आइतबार नेप्से २००० विन्दुले घटेर तल झरेकोे हो ।
  • कारोबारको पहिलो दिन आज रकममा पनि केहि गिरावट आएको छ ।

साताको पहिलो कारोबारको दिन आज नेप्से सूचक २ प्रतिशत घटेको छ । आइतबार नेप्से २००० विन्दुले घटेर तल झरेकोे हो ।

कारोबारको पहिलो दिन आज रकममा पनि केहि गिरावट आएको छ । ४ अर्ब ४० करोड रुपैयाँका ७८ लाख २४ हजार कित्ता शेयरमा आइतबार खरिद बिक्री भएको छ । अघिल्लो दिन विहीबार ५ अर्ब भन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १४२ वटा कम्पनीको शेयरमूल्य घटेको जनाएको छ । २० वटा कम्पनीको शेयरमूल्य भने बढेको छ । त्यसरी नै १३ वटा कम्पनीको शेयरमूल्य भने तटस्थ रहेको छ । सेयर मुल्य ओरालो लाग्ने क्रम जारी हुँदा विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले घटेको छ भने सोल्टि होटलको ५.३७ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ४.९६ प्रतिशत, नेपाल हाइड्रोको ४.६४ प्रतिशत र ओरियन्टल होटलको ४.५० प्रतिशतले घटेको छ ।

आज सेयर मुल्य बढ्नेहरुमा नारायणि डेभलपमेन्ट बैंक ९.८१ प्रतिशतले बढेको छ, त्यस्तै आशा लघुवित्तको ५.०६ प्रतिशत, सबैको लघुवित्तको ४.८९ प्रतिशत, समिट लघुवित्तको २.२५ प्रतिशत र सुर्योदय लघुवित्तको २.१० प्रतिशतले बढेको जनाएको छ ।

आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको जनाएको छ । यसरी नै नविल बैंकको ४० करोड ३९ लाख, एनआइसी एशिया बैंकको २६ करोड ६७ लाख, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ३७ लाख रुपैयाँ र नागरिक लगानी कोषको १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बताएको छ ।

(https://valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?