प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्छन् !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
४५ पटक हेरिएको
Shares
प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्छन् !

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।
  • शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।

शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको प्रचण्डले बैठकमा बताएका थिए ।

सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई,तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल
यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल
गगनजी, तपाईं र शेरबहादुरलाई भोट दिनुमा केही भिन्नता छ र ?- रमेश वडाल, अधिवक्ता
गगनजी, तपाईं र शेरबहादुरलाई भोट दिनुमा केही भिन्नता छ र ?- रमेश वडाल, अधिवक्ता
कांग्रेस नेता सिटौलाले गरे राष्ट्रियसभाको उम्मेदवारी दर्ता
कांग्रेस नेता सिटौलाले गरे राष्ट्रियसभाको उम्मेदवारी दर्ता
जेठ १० गते शनिबारको राशिफल यस्तो छ
जेठ १० गते शनिबारको राशिफल यस्तो छ
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजर पुलीस क्लब बीच १-१ गोलको बराबरी
शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजर पुलीस क्लब बीच १-१ गोलको बराबरी
वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन
चीनबाट १३ हजार मेडिकल सामग्री ल्याइयो
चीनबाट १३ हजार मेडिकल सामग्री ल्याइयो