प्रदेश नं ७ मा एक लाख बढी नागरिक स्वास्थ्य बीमामा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश नं ७ मा एक लाख बढी नागरिक स्वास्थ्य बीमामा !

सारांश

  • बैतडी, ११ भदौ ।
  • सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ ।
  • विसं २०७२ चैत २५ गते कैलालीबाट शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशभरीका हालसम्म एक लाख बढी नागरिक आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ का संयोजक जनक साउदले जानकारी दिए ।

बैतडी, ११ भदौ । सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ । विसं २०७२ चैत २५ गते कैलालीबाट शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशभरीका हालसम्म एक लाख बढी नागरिक आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ का संयोजक जनक साउदले जानकारी दिए । सो प्रदेशका बैतडी, बझाङ, अछाम, बाजुरा र कैलाली गरी पाँच जिल्लामा यो कार्यक्रम लागू भएको छ । प्रदेशभरीमा सबैभन्दा बढी कैलालीमा ७७ हजार १३१ जनाले स्वास्थ्य बीमा गरेका छन् । अछाममा ८ हजार ७९८, बाजुरामा नौ हजार २८०, बैतडीमा ६ हजार ९७, र बझाङमा आठ हजार २९ जना स्वास्थ्य बीमामा आवद्ध भएको संयोजक साउदले बताए ।

रु दुई करोड योगदान रकम सङ्कलन

स्वास्थ्य बीमाबाट सो प्रदेशमा रु दुई करोड योगदान रकम सङ्कलन भएको छ । विस २०७२ चैत २५ गते शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशकै सबैभन्दा बढी कैलालीमा एक करोड ३६ लाख १७ हजार ७९ रुपैया सङ्कलन भएको स्वास्थ्य बीमा बोर्ड कार्यालय धनगढीले जनाएको छ । बैतडीमा ३० लाख ७० हजार ११५, अछाममा १७ लाख ७३ हजार ७२५ ,बाजुरामा नौ लाख १६ हजार ८३० र बझाङमा नौ लाख आठ हजार योगदान रकम सङ्कलन भएको छ ।

स्वास्थ्य बीमा प्रभावकारी

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो । नेपाल सरकार सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम हाल प्रभावकारी बन्दै गएको छ । भौगोलिक कठिनाई, गरीबी, नागरिकको चेतनास्तरलगायत चुनौतीका बाबजुद पनि बीमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको प्रदेश नं ७ का संयोजक जनक साउदले बताए। उनले भने “थुप्रै चुनौतीबीच पनि हामीले जनतालाई विश्वासमा लिन सफल भएका छौ ।”

गरीब नागरिकका लागि स्वास्थ्य बीमा बढी आवश्यक हुने भएकाले बीमा गराएर पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाटमुक्त हुन सबै नागरिकलाई आग्रह गरिएको छ । बीमापछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकोले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको हो ।
पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आवद्ध हुन सकिन्छ । पाँच जनाको परिवारका लागि प्रति परिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुँदा योगदान रकममा बीमा बोर्डले छुट दिने गरेको छ । अति गरीबलाई शत प्रतिशत, मध्यम गरीबलाई ५० प्रतिशत, स्वास्थ्य स्वयंसेविकाको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध भए कूल योगदान रकमको रु २५० छुट दिइने बोर्डले जनाएको छ । स्वास्थ्य बीमामा आवद्ध हुँदा पाँच जनाको परिवार बराबर दुई हजार ५०० कूल योगदान रकम लाग्ने गरेको छ । सो भन्दा बढी सङ्ख्या भएका परिवारलाई थप ४५० का दरले योगदान रकम लाग्ने गर्दछ ।

हाल एक हजार ११८ औषधिका प्रकार औषधि स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत छन् । साथै सिटी स्क्यान, एमआरआई सुविधा बीमा कार्यक्रममा थपिएका छन् । कार्यक्रमबाट बीमा कर्ताले बहिरङ्ग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवा लगायतका ३२ बढी किसिमका सेवा पाउनेछन् । देशभरीका ४२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएकोमा ३९ जिल्लामा सेवा प्रारम्भ भएको छ । सरकारले २०७५ सालभित्र देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय लाग्दैनः प्रधानमन्त्री ओली
नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय लाग्दैनः प्रधानमन्त्री ओली
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने
मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता
मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
रवि लामिछानेका नीजि चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
रवि लामिछानेका नीजि चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
एफपिओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब कर सङ्कलन
एफपिओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब कर सङ्कलन
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
६ हजार चिकित्सकहरूले फिर्ता गरे लाइसेन्स !
६ हजार चिकित्सकहरूले फिर्ता गरे लाइसेन्स !

तपाईंले छुटाउनुभयो कि?