दार्जिलिङबासिले छुट्टै अब छुट्टै राज्य माग्नुपर्छ : महेन्द्र पि लामा,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
४६ पटक हेरिएको
Shares
दार्जिलिङबासिले छुट्टै अब छुट्टै राज्य माग्नुपर्छ : महेन्द्र पि लामा,

सारांश

  • २ असार, काठमाडौं ।
  • नेपाल–भारत प्रवुद्ध समूहका सदस्यसमेत रहेका भारतीय विश्लेषक महेन्द्र पी लामाले अब दार्जीलिङले छ्टटै राज्यको मागलाई लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
  • लामाले दार्जीलिङको पुरानो मोडेल नै फेल भइसकेकाले अब भारतको ३० औं राज्यका रुपमा गोर्खाहरुले सोच्नुपर्ने बताएका छन् ।

२ असार, काठमाडौं । नेपाल–भारत प्रवुद्ध समूहका सदस्यसमेत रहेका भारतीय विश्लेषक महेन्द्र पी लामाले अब दार्जीलिङले छ्टटै राज्यको मागलाई लिएर अघि बढ्नुपर्ने बताएका छन् । लामाले दार्जीलिङको पुरानो मोडेल नै फेल भइसकेकाले अब भारतको ३० औं राज्यका रुपमा गोर्खाहरुले सोच्नुपर्ने बताएका छन् ।

शुक्रबारको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित लामाको लेखमा यसरी छुट्टै राज्यको माग गरिएको छ–

– दार्जिलिङमा फेरि गोर्खाल्यान्डको आन्दोलन सुरु भयो । सन् १९८० को दशकमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलएफ) ले भीषण आन्दोलन सुरु गरेको थियो । लगभग तीन वर्षको आन्दोलनपछि सन् १९८८ मा भारत सरकार, पश्चिम बंगाल सरकार र जीएनएलएफबीचको त्रिपक्षीय सम्झौतापछि दार्जीलिङलाई एउटा स्वायत्त विकास संस्था दार्जीलिङ गोर्खा पार्वतीय परिषद् दिइयो । त्यसपछि आन्दोलन समाप्तिको घोषणा गरियो ।

जीएनएलएफले लगभग दुई दशक नै परिषद् चलायो । केही गतिलो विकास भएन । दार्जीलिङका संस्थाहरू एकएक गरी भत्काइए । अंग्रेजले बनाएका र छोडेर गएका विकास र प्रशासनिक प्रणालीसँगसँगै भारत स्वतन्त्र भएपछि लागू गराइएका नियम–कानुन सबै उजाड भएर गए । आन्दोलन सकेर पनि हत्या–हिंसा सकेन । अनेकौं मान्छेहरू हत्याका सिकार भए, प्रायः सबै पहाडवासी र गोर्खाहरू नै ।

– दार्जीलिङमा फेरि गोर्खाल्यान्डको आन्दोलन सुरु भयो । सन् १९८० को दशकमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलएफ) ले भीषण आन्दोलन सुरु गरेको थियो । लगभग तीन वर्षको आन्दोलनपछि सन् १९८८ मा भारत सरकार, पश्चिम बंगाल सरकार र जीएनएलएफबीचको त्रिपक्षीय सम्झौतापछि दार्जीलिङलाई एउटा स्वायत्त विकास संस्था दार्जीलिङ गोर्खा पार्वतीय परिषद्ु दिइयो । त्यसपछि आन्दोलन समाप्तिको घोषणा गरियो ।

– दार्जिलिङ मोडेल दोस्रोपटक फेल भयो । अब सायद तेस्रोपटक मोडेल खोजिँदैछ । यसरी समाप्त हुन्छ दुई/तीन पुस्ता दार्जीलिङमा । यसरी दबाइन्छ छुट्टै राज्यको आवाज बंगालमा अनि यसरी घोलिन्छ गोर्खाहरूको चिनारी त्यो फोहोर राजनीतिक भुमरीमा ।अब के गर्ने ? तेस्रो मोडेलको किन कुरा र चर्चा गर्ने ? अब एकैसँग तेस्रो, चौथो, पाँचौं र छैटौं मोडेल फ्याँक्नुपर्छ दार्जीलिङमा । जनताको भविष्य बचाउन, भारतीय गोर्खाहरूको राष्ट्रिय चिनारी कायम राख्न र छुट्टै राज्यको अन्तिम मागलाई अन्तिम टुंगोमा पुर्‍याउन ।

तेस्रो मोडेल हो छुट्टै राज्य, गोर्खा, बंगाली, मारबाडी, कोचेमेचे, भोटे, लाप्चे, बिहारी, मुसलमान, क्रिस्तान, दार्जिलिङ र डुबर्समा बसोबास गरेका सबैका लागि ।

जिल्लाको भूभाग अझै ठूलो गर्न इस्लामपुर र चोपडासमेतलाई ल्याइनुपर्छ । कारण यी दुवै क्षेत्र दार्जिलिङ संसदीय क्षेत्रमा पर्छन् । एक सय २० वर्षभन्दा पुरानो यो छुट्टै राज्यको मागमा विकास, चिनारी, राष्ट्रिय सुरक्षा, संस्कृति, इतिहास, स्वतन्त्रता संग्राम, प्राकृतिक सम्पदा सबैसबै जोडिएका छन् । केवल मागको इतिहासको सन्दर्भमा मात्रै पनि दार्जिलिङ, डुबर्स छुट्टै राज्य हुनुपर्ने हो । तीसौं राज्य भारतीय संविधानमा यही क्षेत्र नै हुनुपर्छ । यसले एउटा सांस्कृतिक, राजनीतिक, राष्ट्रिय सुरक्षासित सम्बन्धित समस्यालाई दीर्घकालीन समाधान दिनेछ ।

छुट्टै राज्य हुनुमा समय नपाकेसम्म दार्जिलिङ –डुबर्सलाई केन्द्रशासित प्रदेशको (युनियन टेरिटोरी) को दर्जा दिनुपर्छ र भारत सरकारले नै यस प्रदेशलाई प्रशासित र परिचालित गर्नुपर्छ । भोटाङ, नेपाल, बंगलादेश र अलिक माथि चीनसँग सिमाना भएको यो क्षेत्र र भारतको उत्तरपूर्वी क्षेत्रसँग जोडिने साँघुरो बाटो चिकन नेक करिडरु मा अवस्थित यस दार्जीलिङ–डुबर्स इलाका अति नै महत्वपूर्ण भौगोलिक स्थितिमा रहिआएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
८६४१ मतको अग्रता लिदै बालेन शाह अगाडी
८६४१ मतको अग्रता लिदै बालेन शाह अगाडी
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
बेँसीसहर–चामे सडक स्तरोन्नति काम ४० प्रतिशत मात्र
बेँसीसहर–चामे सडक स्तरोन्नति काम ४० प्रतिशत मात्र
अनुमति लिएर खानी उत्खनन नगर्ने २० कम्पनी खारेज
अनुमति लिएर खानी उत्खनन नगर्ने २० कम्पनी खारेज
फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै
फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै
रहबर सरावगीका ‘डमी’ उम्मेदवार हुन् !
रहबर सरावगीका ‘डमी’ उम्मेदवार हुन् !
बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु : मन्त्री महासेठ
बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु : मन्त्री महासेठ
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी