सांसदको हस्ताक्षर बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै, आउला त निर्णय ?
सारांश
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आजपनि निर्वाचन आयोग जाने भएको छ ।
- दल विवाद समाधानमा आयोगले ढिलाई गरिरहेको यो समूहको गुनासो छ।
- आज अपरान्ह संसदीय दलको बैठक बस्ने र बहुमत सांसदहरुको हस्ताक्षरसहित यो समूह निर्वाचन आयोग जाने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आजपनि निर्वाचन आयोग जाने भएको छ । दल विवाद समाधानमा आयोगले ढिलाई गरिरहेको यो समूहको गुनासो छ। आज अपरान्ह संसदीय दलको बैठक बस्ने र बहुमत सांसदहरुको हस्ताक्षरसहित यो समूह निर्वाचन आयोग जाने भएको छ ।एक सांसदले दिएको जानकारीअनुसार आज दिँउासे १ बजे संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, दिनानाथ शर्मा लगायतका नेताहरू आयोगको कार्यालय जाने भएका हुन् । यसअघि हिजोपनि यो समूहका नेताहरु केन्द्रीय कमिटीले गरेका पछिल्ला निर्णय बोकेर आयोगको कार्यालय पुगेका थिए । हिजोमात्रै, नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटवार्ता गरेका थिए ।
निर्वाचन आयोगले पनि नेकपाको आधिकारिकताबारे आज÷भोलिनै निर्णय दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयुक्तहरुसँग यसबारेमा अन्तिम छलफल गरिरहेका छन् । आयोगले विधान, विगतका नजिर र दलसम्बन्धी ऐनलाई टेकेर निर्णय दिन लागेको बुझिएको छ ।
प्रतिक्रिया