झापा मिडिया कप–२०७४ सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
५९ पटक हेरिएको
Shares
झापा मिडिया कप–२०७४ सुरु

सारांश

  • झापा ।
  • विवेचना दैनिकको आयोजनमा शनिबारबाट प्रथम झापा मिडिया कप–२०७४ सुरु भएको छ ।
  • सालबारीस्थित नमुना सामुदायिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना भएको हो ।

झापा । विवेचना दैनिकको आयोजनमा शनिबारबाट प्रथम झापा मिडिया कप–२०७४ सुरु भएको छ । सालबारीस्थित नमुना सामुदायिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिताको सुरुवाती दिन सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ । सुर्योदय टेलिभिजन, (मेरो रेडियो र यलम्बर टाइम्स साप्ताहिक), आमसञ्चार डटकम तथा रेडियो सनराईजले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका हुन् ।

आइतबार पहिलो सेमिफाइनल सुर्योदय टेलिभिजन र आमसञ्चार डटकमबीच हुने तथा दोस्रो सेमिफाइनल (मेरो रेडियो र यलम्बर टाइम्स साप्ताहिक) र रेडियो सनराइजबीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २१ हजार र उपविजेताले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी खेल संयोजक तथा पत्रिकाका समाचार संयोजक रमेश समर्दशीले दिए ।

प्रतियोगितामा झापामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत संचारकर्मीको आठ टिमको सहभागिता छ । बिर्तामोडबाट प्रकाशन हुँदै आएको विवेचना दैनिकको २६ औँ वार्षिक उत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोनाक्षीले खुलाईन् दबंग ३ मा सलमान खानको रोल
सोनाक्षीले खुलाईन् दबंग ३ मा सलमान खानको रोल
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज
वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज
मूल्यवृद्धि फिर्ता लिन निर्माण सामग्री महासंघको माग
मूल्यवृद्धि फिर्ता लिन निर्माण सामग्री महासंघको माग
‘विश्वभरि नै नेपाली सेना ‘बहादुर’ : पाकिस्तानी प्रधानसेनापति
‘विश्वभरि नै नेपाली सेना ‘बहादुर’ : पाकिस्तानी प्रधानसेनापति
वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण
अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च
अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था