सांसदको हस्ताक्षर बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै, आउला त निर्णय ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २१, २०७७
|
|
७५ पटक हेरिएको
Shares
सांसदको हस्ताक्षर बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै, आउला त निर्णय ?

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आजपनि निर्वाचन आयोग जाने भएको छ ।
  • दल विवाद समाधानमा आयोगले ढिलाई गरिरहेको यो समूहको गुनासो छ।
  • आज अपरान्ह संसदीय दलको बैठक बस्ने र बहुमत सांसदहरुको हस्ताक्षरसहित यो समूह निर्वाचन आयोग जाने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आजपनि निर्वाचन आयोग जाने भएको छ । दल विवाद समाधानमा आयोगले ढिलाई गरिरहेको यो समूहको गुनासो छ। आज अपरान्ह संसदीय दलको बैठक बस्ने र बहुमत सांसदहरुको हस्ताक्षरसहित यो समूह निर्वाचन आयोग जाने भएको छ ।एक सांसदले दिएको जानकारीअनुसार आज दिँउासे १ बजे संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, दिनानाथ शर्मा लगायतका नेताहरू आयोगको कार्यालय जाने भएका हुन् । यसअघि हिजोपनि यो समूहका नेताहरु केन्द्रीय कमिटीले गरेका पछिल्ला निर्णय बोकेर आयोगको कार्यालय पुगेका थिए । हिजोमात्रै, नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटवार्ता गरेका थिए ।

निर्वाचन आयोगले पनि नेकपाको आधिकारिकताबारे आज÷भोलिनै निर्णय दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयुक्तहरुसँग यसबारेमा अन्तिम छलफल गरिरहेका छन् । आयोगले विधान, विगतका नजिर र दलसम्बन्धी ऐनलाई टेकेर निर्णय दिन लागेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड
अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
विवेकशील साझाले थप ५ ठाउँ उम्मेदवारी दिने, कहाँबाट को ?
विवेकशील साझाले थप ५ ठाउँ उम्मेदवारी दिने, कहाँबाट को ?
ध्यान दिएर पढ्नुस डिभी २०२० बारे अमेरिकी दुतावासले जारी गरेको सूचना
ध्यान दिएर पढ्नुस डिभी २०२० बारे अमेरिकी दुतावासले जारी गरेको सूचना
व्यापार घाटा रु १२ खर्ब चार अर्ब
व्यापार घाटा रु १२ खर्ब चार अर्ब
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
थ्रीजी र एमक्यु हुनसक्छ : श्रेष्ठ
थ्रीजी र एमक्यु हुनसक्छ : श्रेष्ठ
सन् २०१८ मा १० लाख बढी पर्यटक भित्रिए
सन् २०१८ मा १० लाख बढी पर्यटक भित्रिए

तपाईंले छुटाउनुभयो कि?