गण्डकी प्रदेशका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग विश्वासको मत लिन असफल भएका छन् ।
- आज विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव गरेपछि उनले आवश्यक न्यूनतम ३१ मत प्राप्त गर्न नसकेपछि असफल भएका हुन् ।
- तर, उनले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग विश्वासको मत लिन असफल भएका छन् । आज विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव गरेपछि उनले आवश्यक न्यूनतम ३१ मत प्राप्त गर्न नसकेपछि असफल भएका हुन् । तर, उनले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ ।
कुल ६० जना प्रदेश सभा सांसद रहेको प्रदेश सभामा विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । एकजना स्वतन्त्र सांसद अनुपस्थित रहे । राजमोको कृष्णचन्द्र थापा तटस्थ बसे ।
नेकपा एमालेको २७ र राष्ट्रिय जनमोर्चाको १ गरी २७ मत विश्वासको मतको पक्षमा परेको थियो । नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राष्ट्रिय जनमोर्चाको २ गरी ३० मत विपक्षमा परेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया