कागेश्वरीमा भक्तजनको भीड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कागेश्वरीमा भक्तजनको भीड

सारांश

  • भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।
  • कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ ।
  • श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले आज यहाँ आएर जल चढाएपछि मात्र व्रत सिद्ध हुने विश्वाससमेत छ ।

भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले आज यहाँ आएर जल चढाएपछि मात्र व्रत सिद्ध हुने विश्वाससमेत छ ।

मन्दिरमा २२७ किलोको पित्तललगायत अष्ट धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । संविधानसभा सदस्य निर्वाचित हुनुभएपछि पूर्वसभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट छुट्याउनुभएको बजेट र कागेश्वरी मनोहरा नगरपालिकाको गरी रु १३ लाखको लागतमा २२७ किलो पित्तललगायत अष्ट धातुबाट यो मूर्ति बनाइएको हो ।

यो मूर्ति नेपालकै ठूलो कागको मूर्ति हो । नेपालको ठूलो कागको मूर्तिमा पूजा गर्न भक्तजनको भीड लागेको थियो । विसं २०४८ को संसदीय निर्वाचमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले संसद्मा बोल्ने क्रममा पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने बताउनुभएको थियो । जननेता भण्डारीको यो विचार ‘संसद्मा मदन भण्डारी’ नामक पुस्तकमा पनि उल्लेख गरिएको छ ।

नगरपालिकाको ब्रह्मखेल–सातघट्टे–गागलफेदी–शहीद उद्यानसम्मको सडक निर्माणका लागि ३ नं प्रदेश सरकारले रु ३८ करोड बजेट छुट्याएर काम शुरु भएको छ । यो सडकलाई गोसाइँकुण्डसम्म विस्तार गर्ने लक्ष्य रहेको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभएको छ ।

कागेश्वरी मन्दिरमाथिको शहीद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाउने अभियान पनि शुरु भएको जनाइएको छ । यसैगरी वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ ।

कागेश्वरी मेलाको अवसरमा यस वर्ष कागेश्वरी मनोहरा नगरपालिकाले तीनदिने महामेलाको आयोजना गरेको छ । मेलाको बिहीबार साहित्यिक गोष्ठी गरी उद्घाटन गरिएको नगरप्रमुख कृष्णहरि थापाले राससलाई जानकारी दिनुभयो । आज मेलामा आउने भक्तजनलाई व्यवस्थापन गरी महत्वका बारेमा बुझाउने कार्यक्रम छ ।शनिबार बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिने छ । मेलाको अवसरमा नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विहान ६ बजे सम्म बागलुङको  निर्वाचन मगणना अपडेट
विहान ६ बजे सम्म बागलुङको निर्वाचन मगणना अपडेट
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
इराकमा नेपाली–ग्रिन जोन भित्र असुरक्षा
इराकमा नेपाली–ग्रिन जोन भित्र असुरक्षा
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान
बिग्रिएको घडीले बनायो मालामाल
बिग्रिएको घडीले बनायो मालामाल
दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

तपाईंले छुटाउनुभयो कि?