भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४३ केन्द्रीय सदस्यले भ्रष्ट वा विवादित छवी भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी तत्काल खारेज गर्न माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
  •   उनीहरुले भ्रष्टलाई राजनीतिक नियुक्ति नगर्न माग गर्दै प्रतिनिधिसाभा सदस्य कृष्णगोपाल श्रेष्ठमार्फत ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४३ केन्द्रीय सदस्यले भ्रष्ट वा विवादित छवी भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी तत्काल खारेज गर्न माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।  उनीहरुले भ्रष्टलाई राजनीतिक नियुक्ति नगर्न माग गर्दै प्रतिनिधिसाभा सदस्य कृष्णगोपाल श्रेष्ठमार्फत ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।  ज्ञापनपत्र बुझाउन कृष्ण केसी, ठाकुर गैरे, माधव अर्याल र भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा.विजयकुमार पौडेल, पार्टी कार्यालय, धुम्बाराही पुगेका थिए । बाँकी ३६ जनाले विद्युतीय माध्यमबाट समर्थन जनाएको गैरेले बताए ।

‘यो सरकारले ‘भ्रष्टाचारबारे शून्य सहनशीलता’ को नीति शुरुमै घोषणा गरेको हो । यसैगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्नुभएको कुरा पनि आम जनमानसमा सञ्चारित भएकै छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  यसो हुँदाहँुदै पनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसहरुले राजनीतिक नियुक्ति पाउन सफल भएको भन्दै तत्काल दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथाशिघ्र पदबाट बर्खास्त गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनत्रपमा भनिएको छ– ‘यसैगरी सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवी भएका मानिसहरु सम्माननीय राष्ट्रपति महोदयबाट विभुषित भए । यी र यस्ता कतिपय घटनाक्रम तथा काम–कारवाहीहरुले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भिर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यान जाओस् र यस कुरालाई जारी स्थायी कमिटीको बैठकमा छलफलको विषय बनाइयोस् ।’  यसअघि पार्टीमा पक्षपातले सीमा नाघेको भन्दै २२ जना केन्द्रीय सदस्यसहितका नेताहरुले प्रभानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले पार्टी एकतापछि केन्द्रीय सदस्यदेखि स्थायी कमिटी सदस्यहरुलाई कामविहीन बनाउनु पार्टी कामप्रतिको हदैसम्मको लापरवाही र असफलता भएको बताएका थिए ।

[pdf-embedder url=”https://shikharkhabar.com/wp-content/uploads/2018/12/नेकपालार्इ-देास्रेा-ज्ञापनपत्र.pdf” title=”नेकपालार्इ देास्रेा ज्ञापनपत्र”]

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ