एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
२४ पटक हेरिएको
Shares
एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’

सारांश

  • काठमाडौं।
  • चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।
  • गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

काठमाडौं। चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।
गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत छन् ।
महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए ।
‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले राजधानीसँग भने ।
पक्राउ परेकाहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ
००००
कसले कति दिन सक्छ, कोसँग कति लिन सकिन्छ सोहीअनुसार डिल हुने गरेको रहेछ, जसले जति दिन सक्छ त्यति लिने गरेको अनुसन्धानले देखाएको छ
उनका अनुसार फुल स्कलरसिपमा नाम निकाल्दा १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको छ । यसैगरी, पेइङमा नाम निस्केको अवस्थामा सोहीअनुसार रकम लिने तथा पास मात्रै भएमासमेत रकम तोकेरै डिल गर्ने गरेको पाइएको छ ।
‘कसले कति दिन सक्छ, कोसँग कति लिन सकिन्छ सोहीअनुसार डिल हुने गरेको रहेछ, जसले जति दिन सक्छ त्यति लिने गरेको अनुसन्धानले देखाएको छ,’ कुँवरले अघि भने ।
यसरी नक्कली परीक्षार्थी खोज्नका लागि भने सक्कली परीक्षार्थीहरूले आफन्त, नातागोता तथा जेहेनदार विद्यार्थीहरूको साहरा लिने गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा ललितपुरको किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव छन् । यसैगरी, भारतीय नागरिक अहमद अन्सारी र परीक्षार्थी सन्नीकुमार साहसमेत पक्राउ परेको प्रहरीले भनेको छ । आरोपीहरूले परीक्षार्थीको नागरिकतासमेत बोकेर परीक्षामा सहभागी भएका थिए ।
प्रहरीले उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ गरिएको जनाएको छ । एमबीबीएसको इन्ट्रान्स परीक्षामा लामो समयदेखि नै सेटिङका आधारमा करोडौंको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो ।
एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी करोडौं रुपैयाँको चलखेल तथा सेटिङ हुने भएकाले छानबिन र कारबाहीको माग गर्दै केही दिनअघि मात्रै प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी परेको थियो । त्यसलगत्तै प्रहरीले एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग हुने’boutमा अनुसन्धान गर्दै आइरहेको थियो ।
गत बिहीबार मात्रै गृह मन्त्रालय र प्रहरीले पनि एमबीबीएसको इन्ट्रान्समा नक्कली परीक्षार्थी प्रयोग हुने अवस्था रहेकाले सो परीक्षा स्थगित गर्न चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो तर आयोगले भने परीक्षा नरोकिने जवाफ दिएको थियो ।[image: exam.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
Aayush Sharma and Warina Hussain starrer ‘Loveratri’ teaser out!
Aayush Sharma and Warina Hussain starrer ‘Loveratri’ teaser out!
वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने
वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
आइजिपी हटाउने खेल यस्तो छ…
आइजिपी हटाउने खेल यस्तो छ…
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु

तपाईंले छुटाउनुभयो कि?