अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

सारांश

  • काठमाडौं।
  • बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्।
  • खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए।
काठमाडौं। बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्।
खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए।
उनले भने, “मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन्। अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ।”
अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन्। काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
कोरोना अपडेटः शनिवार २५०८ संक्रमित थपिए
कोरोना अपडेटः शनिवार २५०८ संक्रमित थपिए
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
ओलीको मन्त्रिपरिषद् भित्र को-को अटाउलान् ? सुरु भयो यी नेताको दौडधूप
ओलीको मन्त्रिपरिषद् भित्र को-को अटाउलान् ? सुरु भयो यी नेताको दौडधूप
घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौँ १९औँ स्थानमा
घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौँ १९औँ स्थानमा
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
सुनले नपुगेर गहना अर्डर हुन छोडे
हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
प्रदेश २ का आधाजसो मतदानस्थल अति संवेदनशील, कुन जिल्लामा कति ?
प्रदेश २ का आधाजसो मतदानस्थल अति संवेदनशील, कुन जिल्लामा कति ?
राष्ट्र बैंकले दियो गोर्खाज फाइनान्सलाई बजार निर्माता इजाजतपत्र
राष्ट्र बैंकले दियो गोर्खाज फाइनान्सलाई बजार निर्माता इजाजतपत्र

तपाईंले छुटाउनुभयो कि?