कडीपत्ता बेचेर जीवन निर्वाह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
२३ पटक हेरिएको
Shares
कडीपत्ता बेचेर जीवन निर्वाह

सारांश

  • बेदकोट ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्षका भए ।
  • उनी डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरी खल्ला झरेका थिए ।

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्षका भए । उनी डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरी खल्ला झरेका थिए । जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर बुढाले जीविकोपार्जन गर्दै आइरहेका छन् ।

“छोराहरू स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छु”, उनले भने, “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु ।”

टुँडिखेलका लोकबहादुर थापाले पनि यसलाई आम्दानीको स्रोत बनाएका छन् । बस्ती नजिकैको वनबाट सङ्कलन गरेर भारतमा बिक्री गर्ने उहाँले यसबाट मनग्य आम्दानी गर्नहुन्छ । “पत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्छौँ, यो काम गर्न थालेको धेरै भयो”, उनले भने, “उब्जाउ हुने जमिन छैन, खेतीपाती हँुदैन, यसैबाट रासनको जोहो गर्नुपर्छ ।”

चुरे भेगमा पर्ने भीमदत्त नगरपालिका–९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयको आम्दानीको स्रोत कडीपत्ता बनेको छ । कामका लागि विदेश वा अन्यत्र नगएका यहाँका स्थानीयले कडीपत्ता बेचेरै गर्जो टार्ने गरेका छन् । उनीहरु सीमावर्ती भारतीय बजार टनकपुरमा यसको बिक्री गर्छन् । बिक्री गरेर पाएको रकमले खाद्यान्न किनेर उनीहरू फर्किने गर्छन् ।

कडीपत्ता सुगन्धित मसलालगायत प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ । भारतीय बजारमा यसको माग धेरै रहेको लोकबहादुर बताउँछन् । “सिँचाइको सुविधा छैन, आकाशको पानीको भरमा खेती गर्नुपर्छ”, उनले भने, “छ महिना खान पनि अन्न पुग्दैन, पत्ता बेचेर रासन किन्छौँ ।”

यसबाट मासिक रु १५ हजारसम्म आम्दानी हुने गरेको सुरेन्द्र कठायतले बताए । उनका अनुसार सुरुमा कडीपत्ता काटेर घाममा सुकाइन्छ । त्यसपछि पात छुट्याएर बिक्रीका लागि लैजाने गरिन्छ । “३५ रुपैयाँ भारु प्रतिकेजीका दरले बिक्री हुन्छ, सुकाएर पत्ती छुट्याएपछि बोरामा राखिन्छ”, उनले भने, “एक बोरामा ३५–४० केजीसम्म अटाउँछ, काटेपछि पत्ता दुई पटकसम्म पलाउँछ ।”

वनमा पाइने कडीपत्ताबाट आम्दानी हुन थालेपछि स्थानीयले खेतमा पनि रोप्न थालेका छन् । वनमा बेला–बेलामा हुने आगलागीले योलगायत जडीबुटी जलेर नोक्सान भइरहेको स्थानीय धौली पवित्रा बोहराले बताए । “हामीसँग धेरै जडीबुटी छन्, तर चिन्न सकेका छैनौँ”, उनले भने, “डढेलोले आम्दानीको स्रोत नोक्सान भइरहेको छ, समयमै स्रोतको पहिचान गरेर सदुपयोग गर्न सकिए राम्रो हुन्थ्यो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
गोपाल खड्काको घर डेढ महिनामा पनि अदालतले फेला पार्न सकेन
गोपाल खड्काको घर डेढ महिनामा पनि अदालतले फेला पार्न सकेन
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
निर्वाचनले श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद..
निर्वाचनले श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद..
Pin Up Casino Online Slots Revie

तपाईंले छुटाउनुभयो कि?