सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु

सारांश

  • भक्तपुर, १३ चैत,  स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा काठमाडौँ उपत्यकामा खिचेका तस्वीरको प्रदर्शनी सोमबार साँझदेखि यहाँ शुरु भएको छ ।
  • भक्तपुर नगरपालिका गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा शुरु भएको प्रदर्शनीको सोमबार साँझ टोनीकी छोरी केट्रिन हेगनले उद्घाटन गर्नुभएको हो ।
  • काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्व सम्पदा सूचीमा रहेका दरबारस्क्वायरको करिब ६० देखि ७० वर्ष अघि टोनी हेगनले लिएका तस्वीर हेगनकी छोरी केट्रिन हेगनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनमा ल्याएका हुन् ।

भक्तपुर, १३ चैत,  स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा काठमाडौँ उपत्यकामा खिचेका तस्वीरको प्रदर्शनी सोमबार साँझदेखि यहाँ शुरु भएको छ ।

भक्तपुर नगरपालिका गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा शुरु भएको प्रदर्शनीको सोमबार साँझ टोनीकी छोरी केट्रिन हेगनले उद्घाटन गर्नुभएको हो ।

काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्व सम्पदा सूचीमा रहेका दरबारस्क्वायरको करिब ६० देखि ७० वर्ष अघि टोनी हेगनले लिएका तस्वीर हेगनकी छोरी केट्रिन हेगनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनमा ल्याएका हुन् ।

हेगनले खिचेका ५० वटा तस्वीर आगामी अप्रिल १ सम्म प्रदर्शनीमा राखिने पुरीले जानकारी दिनुभयो । विगतमा रहेका सुन्दर सम्पदा नासिएको बताउँदै उहाँले नासिन बाँकी सम्पदाको संरक्षणमा लाग्न प्रेरणा मिलोस् भनेर तस्वीर प्रदर्शनीमा राखिएको पुरीले बताउनुभयो ।

केट्रिन हेगनले काठमाडौँ उपत्यकाभित्र रहेका ऐतिहासिक सम्पदा अति नै सुन्दर भएको र सुन्दर तस्वीरलाई कैद गर्ने आफ्ना बाबुले लिएका तस्वीर प्रदर्शन गर्दा खुशी लागेको बताउनुभयो । ६५ वर्षअघिको काठमाडौँ उपत्यकाको अवस्थालाई अहिलेको पुस्तामा जानकारी गराउन पाउँदा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?