जिततर्फ लम्कदै रेनु, १० मतान्तरले बढाइन् अग्रता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
१९ पटक हेरिएको
Shares
जिततर्फ लम्कदै रेनु, १० मतान्तरले बढाइन् अग्रता

सारांश

  • भरतपुर, ९ जेठ ।
  • भरतपुर महानगरपालिकामा जारी मतगणनामा प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरले जिततर्फ लम्किएकी छिन् ।
  • महानगरको २५ र २६ वडाको मतगणना जारी रहँदा दाहालले १० हजार मतान्तरले अग्रता लिएकी हुन् ।

भरतपुर, ९ जेठ । भरतपुर महानगरपालिकामा जारी मतगणनामा प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरले जिततर्फ लम्किएकी छिन् । महानगरको २५ र २६ वडाको मतगणना जारी रहँदा दाहालले १० हजार मतान्तरले अग्रता लिएकी हुन् ।

१ लाख १० हजार ४५४ मतगणना हुँदा पछिल्लो विवरणअनुसार ४४ हजार ३०५ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् । सुवेदीलाई दाहालले १० हजार १२६ मतले पछि पारेकी हुन् । त्यस्तै, स्वतन्त्र जगन्नाथ पौडेलले १३ हजार ५ सय १५ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ४ सय ६८ मत ल्याउँदा हिमला गुरुङले २७ हजार ४६ मत पाएकी छिन् ।
भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेको छ भने अब १७ हजार मात्र मत गन्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?