भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?

सारांश

  • काठमाडौं, कात्तिक १ – प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेकादेखि भ्रष्टाचार गरेर जेलको चिसो हावा खाएकासम्मले नेपाली राजनीति अवसर पाउँदै आएका छन् ।
  • प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै यिनै डन तथा भ्रष्टाचारीहरुले उम्मेदवारको लागि अवसर पाउने सम्भावना छ ।
  • उम्मेदवारको टिकट पाउनेदेखि टिकट बाँड्नेसम्मको छवी राम्रो छैन ।

काठमाडौं, कात्तिक १ – प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेकादेखि भ्रष्टाचार गरेर जेलको चिसो हावा खाएकासम्मले नेपाली राजनीति अवसर पाउँदै आएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै यिनै डन तथा भ्रष्टाचारीहरुले उम्मेदवारको लागि अवसर पाउने सम्भावना छ । उम्मेदवारको टिकट पाउनेदेखि टिकट बाँड्नेसम्मको छवी राम्रो छैन । उनीहरुमध्ये कोही प्रहरीको सर्वाधिक खोजीको सूचिमा छन् । त कोही सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । नेपाली राजनीतिमा हालीमुहाली भएका केही अपराधीहरु यस्ता छन् :

दीपक मनाङे

नेकपा एमाले मनाङले दीपक मनाङेलाई प्रदेशसभा चुनावको लागि क्षेत्र नम्बर २ को प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको छ । उनी केही समय पहिले राप्रपा छाडेर एमालेमा प्रवेश गरेका थिए ।

मनाङेलाई स्थानीय तहको पहिलो चरणको चुनाव अगाडि नै महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा चुनौती भन्दै पक्राउ गरेको थियो । उनी ५ दिन थुनामा बसेर छुटेका थिए ।

उनी अवैध असुली र गुन्डागर्दी र अकुत सम्पत्ति कमाएको आरोपमा पक्राउ पर्दै आएका छन् । आपराधिक गतिविधि सञ्चालन गरेर अकुत सम्पत्ति कमाएको आरोपमा मनाङेले सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका थिए । उनीमाथि झन्डै १५ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । विशेष अदालतले उनलाई सफाई दिएको थियो ।

गणेश लामा

राजनीतिमा हालिमुहाली भएका अर्का गुण्डा नाइके हुन् गणेश लामा । लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए । लोकतान्त्रिक कांग्रेससँगको एकता कार्यक्रममा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगै गुण्डा नाइके लामा देखिएपछि उनको राजनीतिकमा पनि हालीमुहाली भएको प्रष्टै देखिन्थ्यो । उनी लोकतान्त्रिकबाट चुनाव लड्ने भएपनि एकताका कारण पछि हटेको बताइन्छ । काभ्रेका स्थायी घर भएका लामा टेक्का पट्टा, अवैध असुली, गुण्डागर्दी जता कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

गैरकानूनी रुपमा २७ करोड एकलाख रुपैयाँ बराबरको अकुत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्धासमेत हालेको थियो । तर, लामा केही समय जेल बसेपछि दोसो संविधानसभामा उम्मेदवारी दिएपछि विशेष अदालतमा ३ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए  ।

गणेश थापा

भ्रष्टाचारी ठहर भएर राजनीतिमा हालिमुहाली भएका अर्का व्यक्ति हुन् गणेश थापा । २०७२ कात्तिक ३० गते थापालाई फिफाले भ्रष्टाचार गरेको प्रमाणित गर्दै फुटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगायो ।

सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समिति एएफसीको चुनावमा थापाले घुस लिई भ्रष्टाचार गरेको आचार संहितासम्बन्धी कमिटीले ठहर गरेको छ । थापाले पटक–पटक पदको दुरुपयोग गर्दै आर्थिक अपचलन गरेको भन्दै फिफाले १० वर्षको प्रतिबन्ध लगाएको थियो ।

थापालाई झण्डै २१ लाख रुपैयाँ जरीवाना पनि तोकियो । थापाले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको विषय चर्चामा भइरहकै बेला २०७२ भदौ १३ गते तत्कालीन राप्रपा नेपालले उनलाई सांसद बनाएको थियो । जेलसम्म चलान हुनसक्ने अवस्थामा पुगेका थापा जसबाट जोगिएका थिए ।

खुमबहादुर खड्का

नेपाली कांग्रेसका रानीतिक खेलाडी हुन् खुमबहादुर खड्का । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवार छान्न बनाएको १७ सदस्यीय संसदीय बोर्ड समितिमा उनी पनि छन् ।

भ्रष्टाचारी ठहर भएर जेल बसिसकेका खुमबहादुर खड्कालाई चुनावमा उम्मेदवार बन्न कानुनले छेके पनि खड्का कांग्रेसको उम्मेदवार चयन गर्ने समितिमा परेका छन् ।

खड्का दाङबाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको सिफारिसमा पनि परेका छन् । संसदीय बोर्डले चुनावमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले सबैभन्दा शक्तिशाली संरचना मानिन्छ ।

खड्कालाई सर्वोच्च अदालतले ३० साउन ०६९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो र त्यति नै जरिवाना गर्ने फैसला सुनाएको थियो ।

मानबहादुर तामाङ

राजनीतिको आवरणमा सुन तस्करी गर्ने व्यक्ति हुन मानबहादुर तामाङ । चीनबाट सुन तस्करी गर्ने गरेको आरोपमा प्रहरीले तामाङलाई सोमबार पक्राउ गरेको छ । गएको भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुन तस्करीमा तामाङको संलग्नता रहेको प्रहरीको दाबी छ ।

यसरी सुन तस्करीमा संलग्न तामाङ नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । कानुनी प्रावधानअनुसार यस्ता भ्रष्टाचारी, गुण्डा नाइके तथा नैतिक पतन देखिएकाहरुले चुनावमा भाग लिन तथा राजनीतिक दलको सदस्यसम्म बन्न नपाउने कानुनी प्रावधान छ । तर यिनै गुण्डा नाइके मिनकृष्ण महर्जन, रोज राण, राजु गोर्खाली तथा भ्रष्टाचारीहरुको पनि नेपाली राजनीतिमा हालिमुहाली छ ।

उनीहरुले नेपाली राजनीतिमा अपराधीले किन अवसर पाउँछन त ? यसबारे अपराध विज्ञ तथा पूर्व डिआइजी हेमन्त मल्ल राजनीतिकै आडमा उनीहरु गुण्डा र भ्रष्टाचारी भएकाले उनीहरुको हालिमुहाली हुनु नौलो नभएको बताउनुहुन्छ । राजनीतिक संरक्षणकै कारण एउटा टोल गुण्डा पछि गुण्डा नाइके हुने र राजनीतिमा हालिमुहाली हुने गरेको उहाँको भनाई छ । गुण्डाहरु राजनीतमा आबद्ध हुनका पछाडि तीनवटा मुख्य कारण रहेको मल्ले बताउनुभयो ।

सेफ ल्याण्डिङ कसरी हुने

गुण्डागर्दीमा  लागेर आफूलाई चाहिँदो सम्पत्ति आर्जन गरेपछि उनीहरु सेफ ल्याण्डिङ हुन राजनीतिमा आवद्ध हुने गर्छन् । नेताहरुले पनि आफ्नो व्याक फोर्सका रुपमा गुण्डाहरुलाई राजनीतिमा भित्र्याउने गर्छन् ।

आफूमा लागेका मुद्दा फिर्ता लिन

राजनीतिमा आबद्ध भएपछि आफूमाथि लागेका आपराधिक मुद्दा फिर्ता लिन दबाब दिनु पनि गुण्डा नाइकेहरुको एउटा काम हो । उनीहरु राजनीतिमा आबद्ध हुने र केही सामाजिक काम गरेजसो गर्दै आपराधिक मुद्दा फिर्ता ल्याउन राजनीतिमा छिर्ने गर्छन् ।

भविष्यमा पनि यस्तै अपराधिक काम गर्न

आफ्नो आपराधिक क्रियाकलापलाई सुरक्षितसाथ निरन्तरता दिन उनीहरु राजनीतिमा आबद्ध हुने र उनीहरुको राजनीतिमा हालिमुहाली हुने गरेको छ । राजनीतिक संरक्षणका आधारमा गुण्डागर्दी र परेको खण्डमा नेतालाई आर्थिक सहयोग समेत गर्ने भएकाले नेताहरुले पनि गुण्डालाई राजनीतिमा स्थान दिने गरेका छन् । जसका कारण आपराधिक क्रियाकलापमा लागेकाहरुको नेपाली राजनीतिमा हालिमुहाली हुने गरेको छ ।

अर्का एकजना अपराधविद अनुसार नेताहरुले आफ्नो संरक्षण र चुनावी माहोल बनाउन गुण्डाहरुको आड लिने गरेकाले त्यसको क्षतिपूर्तिका लागि गुण्डा नाइकेहरुले टिकट पाउने गरेको बताउँछन् । उज्यालो अन्लाईन बाट

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Chet Nath Paudel

    नेता का छोरी बुहारी को सुरक्षा गार्ड बस्न को होलानी गुण्डा डन घुस खोरी भस्ट्र चारी सबै लाई नेता बनाउन खोजेको कुकुर हरुले

    Comment Author

    Shiva Shrestha

    Party haru lai paisa chaheny so paisa gunda sanga cha so khana dekhey pache kukura lea reyeal chuhako jasto same same

    Comment Author

    Ramesh Siwakoti

    सबैलाई कमाउनु छ ।तेहि भएर गुनडा पालेर नेपालकाे राजनितिक खरानी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?