नेकपा : पानीमा चिनीजस्तो हुनुपर्नेमा तेल तैरिएजस्तो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
नेकपा : पानीमा चिनीजस्तो हुनुपर्नेमा तेल तैरिएजस्तो

सारांश

  • सूर्य थापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा लामो समय अलग अलग रहिआएका पूर्ववर्ती दुई पार्टीबीच मातहतमा एकता भइरहेका बेला चिनी र पानी मिसाउँदाजस्तो घुलनशीलता हुनुपर्नेमा नेताहरुको भद्दा जुहारीले दुनियाँ हँसाइरहेको छ ।
  • अहिले एकताको बखत पानी र तेलजस्तो तैरिएर अलग हुने यो अवस्था होइन ।
  • किनभने पार्टी एकता आधारभूत तहसम्म पुग्न सकेको छैन ।

सूर्य थापा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा लामो समय अलग अलग रहिआएका पूर्ववर्ती दुई पार्टीबीच मातहतमा एकता भइरहेका बेला चिनी र पानी मिसाउँदाजस्तो घुलनशीलता हुनुपर्नेमा नेताहरुको भद्दा जुहारीले दुनियाँ हँसाइरहेको छ । अहिले एकताको बखत पानी र तेलजस्तो तैरिएर अलग हुने यो अवस्था होइन । किनभने पार्टी एकता आधारभूत तहसम्म पुग्न सकेको छैन । त्यसैले यस्तो बेला नेताहरु बढी जिम्मेवार बन्नुपर्छ ।

पार्टी एकताको संक्रमणकालबाट गुज्रिरहेको हालको अवस्थामा कहींकतैबाट नेता विशेषलाई उकास्ने र भड्काउने प्रयास हुने भएकाले यस्ता विषयमा उहाँहरु सतर्क रहनुपर्ने खाँचो छ । शीर्ष तहका नेताहरूबाट सुरु भएको घोंचपेच वा आरोप प्रत्यारोपलाई दोस्रो र तेस्रो पुस्ताका नेताहरुले पछ्याएको देख्दा गुटबन्दी तल्लो तहसम्मै जाने खतरा विद्यमान देखिन्छ ।

अनुपयुक्त मञ्चमा पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेर वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै कद होचो पार्नुभएको छ । पार्टीका सबै व्यक्ति विधि र पद्धतिअनुसार चल्नु आवश्यक छ भनिरहँदा आफैले त्यसको हेक्का नराख्ने, अनधिकृत भेला गरेर दबाब सिर्जना गर्ने तरिका अपनाएर पार्टीको हित सम्भव छैन । यो तथ्य सबभन्दा बढी उहाँले नै बुझ्नुहुन्छ । तैपनि बेलाबेला आवेग र उत्तेजनामा आएर संयम गुमाउने उहाँको कमजोरी रहिआएको छ ।

कोही व्यक्ति विशेषका लागि मात्रै केन्द्रित नगरेर समग्र पार्टीका लागि संस्थागत कार्य प्रणाली र पद्धतिको अवलम्बन र अभ्यास अनिवार्य छ । भागबण्डा नमिले मात्र विधि, पद्धति र संस्थागत निर्णय प्रक्रियाको रोइलो कसैले पनि प्रदर्शन गर्नु हुँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छारीलाई राष्ट्रपतिका बनाउने मार्ग बनाइदिदै ट्रम्प
छारीलाई राष्ट्रपतिका बनाउने मार्ग बनाइदिदै ट्रम्प
फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने
फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने
रुकुममा मतपेटिकामै आगो लाग्यो
रुकुममा मतपेटिकामै आगो लाग्यो
East West Players’ Season to Celebrate Collaborations and ‘Allegiance’
East West Players’ Season to Celebrate Collaborations and ‘Allegiance’
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
काठमाडौंलाई धूलोमुक्त पार्न प्रतिबद्ध छुः मन्त्री महासेठ
काठमाडौंलाई धूलोमुक्त पार्न प्रतिबद्ध छुः मन्त्री महासेठ
राजपा सरकारमा जाने ‘च्याप्टर–क्लोज’, अब समाजवादीसँग एकता !
राजपा सरकारमा जाने ‘च्याप्टर–क्लोज’, अब समाजवादीसँग एकता !
चुम्बन गर्दै गरेको फोटोका कारण साम्राज्ञी फेरि भइन् भाइरल (फोटो सहित)
चुम्बन गर्दै गरेको फोटोका कारण साम्राज्ञी फेरि भइन् भाइरल (फोटो सहित)
काङ्रेसका उम्मेदवारले मतगणनाका क्रममा मतपत्र चपाएपछि
काङ्रेसका उम्मेदवारले मतगणनाका क्रममा मतपत्र चपाएपछि
अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार
अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार