नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३, २०७९
|
|
२५ पटक हेरिएको
Shares
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति

सारांश

  • काठमाडौं।
  • प्रधान सेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपपी) का बारेमा कुनै पत्र नआएको बताएका छन्।
  • संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको छलफलमा धारणा राख्दै शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाँडने प्रयासले बाहिर आएकोसमेत बताएका छन ।

काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपपी) का बारेमा कुनै पत्र नआएको बताएका छन्।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको छलफलमा धारणा राख्दै शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाँडने प्रयासले बाहिर आएकोसमेत बताएका छन । आफ्नो अमेरिकन भ्रमणका क्रममा कुनै हस्ताक्षरको कार्यक्रमा पनि नभएको उनको भनाइ छ।

अमेरिकी सरकारले एसपीपीमा हस्ताक्षर गराउनका लागि दबाब दिएको भन्ने टिकाटिप्पणी भइरहेको बेला प्रधासेनापति शर्माले अमेरिका भ्रमण विशुद्ध मैत्रीपुर्ण भएको पनि बताएका छन्।

‘अहिले जुन १० बुँदे फरम्याट बाहिर आएको छ, त्यो आएको नै होइन, यो त हाम्रो एकता नचाहनेले यस्तो गरेको हुन सक्छ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले बैठकमा भने, ‘ढुक्क हुनुहोस्, नेपाली सेनाले कदापि नेपाली जनताको भावनाविपरीत कुनै पनि काम गर्दैन।’

प्रधानसेनापति शर्माले सैन्य गठबन्धनसहितको एसपीपी सहमति नेपाली सेनालाई कुनै पनि हालतमा मान्य नभएको बताए। ‘त्यस्तो एसपीपी कुनै पनि हालतमा हाम्रो लागि मान्य छैन,’ शर्माले बैठकमा भने। यसअघि विपद् व्यवस्थापनमा सो सहमति गरिएको भए पनि सैन्य गठबन्धनका बारेमा त्यस्तो सहमति नहुने उनको भनाइ छ।

प्रधानसेनापति राणाले अमेरिकन भ्रमणका क्रममा कुनै पनि हस्ताक्षर कार्यक्रम नभएको पनि जनाएका छन्। ‘मेरो अमेरिका भ्रमणमा कुनै पनि कुराको सिग्नेचर गर्ने कार्यक्रम छैन, त्यसमा अमेरिकाले पनि भनेको छैन, यो मैत्रीपुर्ण भ्रमण हो, यसबाट सशंकित हुनुपर्ने नै छैन,’ उनको भनाइ छ।

प्रधानसेनपति शर्मा शनिबार लेवनान जाने र त्यसको एक हप्तापछि मात्र अमेरिका जानेछन् भने सो बीचमा उनले सिरियामा कार्यरत नेपालका शान्ति सेनासँग भेटघाट गर्नेछन्।

‘म भोलि लेवनान जाँदै छु, त्यसको दुई दिनपछि सिरिया र त्यहिँबाट एक हप्तापछि अमेरिकाको भ्रमण गर्न लागेको छु, यो भ्रमणमा केही हस्ताक्षर हुनेवाला छैन,’ प्रधानसेनापति शर्माले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य
यस्तो रहेछ उपकुलपति प्राडा कोइरालालाई एयरपोर्टबाट प्रहरीले उठाउनुको भित्री रहस्य
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न  एयर बस र नाइट भिजन हेलिकप्टर !!!
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न एयर बस र नाइट भिजन हेलिकप्टर !!!
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य
युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन

तपाईंले छुटाउनुभयो कि?