ताराखोलामा श्रम रोजगार बैंक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०८०
|
|
१९ पटक हेरिएको
Shares
ताराखोलामा श्रम रोजगार बैंक

सारांश

  • बलेवा ।
  • बागलुङको ताराखोला गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनाका लागि ६० श्रमिक सूचीकृत गरी प्रक्रिया अघि बढाएको छ ।
  • उक्त गाउँ पालिकाले एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा सो कुरा जनाएको हो ।

बलेवा । बागलुङको ताराखोला गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनाका लागि ६० श्रमिक सूचीकृत गरी प्रक्रिया अघि बढाएको छ । उक्त गाउँ पालिकाले एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा सो कुरा जनाएको हो ।

चालु आर्थिक वर्षमा एउटा ऐन र पाँच कार्यविधि पारित गरिएको छ ।सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि–२०७९, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ तयार पारिएको छ ।

यस्तै सञ्चित कोषको आन्तरिक लेखापरीक्षणसम्बन्धी कार्यविधि, शहीद, घाइते, अपाङ्गता र बेपत्ता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण तथा रोजगार कार्यक्रम सञ्चालन कार्यविधि र सार्वजनिक सुनुवाइसम्बन्धी कार्यविधि २०७९ निर्माण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।

शहीद सप्ताह कार्यक्रमअन्तर्गत २७ शहीद परिवारलाई प्रतिमहिना एक हजारका दरले आठ महिनाको एकमुष्ट रु आठ हजारका दरले रु दुई लाख १६ हजार जीवन निर्वाह भत्ता वितरण गर्नाका साथै गाउँपालिकामा बसोबास गरी सरकारी तलबभत्ता खाने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गराउन सुरुवात गरिएको जनाइएको छ ।

कक्षा १ र २ को स्थानीय पाठ्यपुस्तक लागू गरेको पालिकाले कक्षा ३ को पाठ्यपुस्तक छपाइ भइरहेको जनाएको छ । स्वास्थ्यतर्फ अमरभूमि र ताराखोला स्वास्थ्यचौकीमा प्रसूति प्रतिक्षा घर, भुस्कात र साँघुबोटमा बर्थिङ सेन्टरको भवन निर्माण गरिएको जनाइएको छ ।

पालिकाले बितेको एक वर्षमा फलफूल दशकअन्तर्गत बिरुवा रोपण कार्यक्रमका लागि स्याउ, ओखर, आल्मोण्ड, किबीलगायत छ हजार फलफूलका बिरुवा चार सय ५० किसानलाई वितरण गरेकोे र किसान परिचयपत्र वितरण अन्तिम चरण रहेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।

पूर्वाधारतर्फ सडक स्तरोन्नति, सांस्कृतिक सङ्ग्रहालय निर्माण, घुस्मेली कभर्ड हल निर्माण, भुस्कात खानेपानी आयोजना निर्माण, सात विद्यालयको भवन निर्माण, औद्योगिक ग्राममा जग्गा विकास निर्माण प्रक्रियालाई निरन्तरता र जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा ७२ प्रतिशत भौतिक प्रगति गरेको पालिकाले ठेक्कामार्फत सञ्चालन भएका पूर्वाधार विकासतर्फ १८ आयोजनामध्ये छ वटा निर्माण गरिएको, सात निर्माणाधिन र सात आयोजना ठेक्का प्रक्रियामा रहेका छन् । यस्तै उपभोक्ता समितिमार्फत सञ्चालित ७० योजनामध्ये ३७ सम्पन्न भई रकम भुक्तानी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
कृष्ण पहाडीसहित २५ जना मानवअधिकारवादीहरु गिरफ्तार
कृष्ण पहाडीसहित २५ जना मानवअधिकारवादीहरु गिरफ्तार
‘जुत्ता बनिसकेको छ, खुट्टा मिलेन भने ताछतुछ गरेर मिलाउनुपर्छ’
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
तातोपानी नाका मालवाहक सवारीका लागि मात्र
तातोपानी नाका मालवाहक सवारीका लागि मात्र
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
भेरी करिडोरमा १५ वटा पुल निर्माण हुँदै
भेरी करिडोरमा १५ वटा पुल निर्माण हुँदै
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?

तपाईंले छुटाउनुभयो कि?