भारतलाई जवाफ दिने पाकिस्तानको चेतावनी
सारांश
- बीबीसी।
- पाकिस्तानी सेनाका प्रवक्ता मेजर असिफ गफूरले भनेका छन्, ‘मुर्ख साथीभन्दा शत्रु नै गतिलो हुन्छ।
- भारत शत्रुताकालागि झुटको सहारा लिइरहेको छ।
बीबीसी। पाकिस्तानी सेनाका प्रवक्ता मेजर असिफ गफूरले भनेका छन्, ‘मुर्ख साथीभन्दा शत्रु नै गतिलो हुन्छ। भारत शत्रुताकालागि झुटको सहारा लिइरहेको छ।’
उनले अगाडि भने, ‘भारतीय संचारमाध्यमले भारतीय वायु सेनाका विमान २१ मिनेटसम्म पाकिस्तानी सीमामा रहे। तर हामी भनिरहेका छौं उनीहरु आउन र पाकिस्तानको सीमामा २१ मिनेटसम्म टिकेर देखाउन।’
गफूरले भारतीय विमान सीमासम्म आएको जानकारी रडारबाट प्राप्त भएको जनाए।
उनले अगाडि भने, ‘हामीले तीन ठाउँमा उनीहरुको विमानलाई जवाफ दिएका थियौं। दुई ठाउँमा त हाम्रो सीमानामा घुस्नसमेत पाएनन्। तेस्रो ठाउँमा उनीहरु आफ्नो सीमाभित्र आएका थिए तर चार मिनेटभित्र उनीहरु फिर्ता जान बाध्य भए।’
गफूरका अनुसार जब भारतीय विमान फिर्ता जानुपर्यो तब उनीहरुले बम खसाले। भारतीय विमानबाट चारवटा बम खसालिएको थियो। तर यसले कुनै मानवीय क्षति भने भएको छैन।
‘भारतले भने ३५० आतंकवादीको मृत्यु भएको दाबी गर्दै आएको छ,’ यत्रा मानिसको मृत्यु भएको भए त्यहाँ केही शव त हुनुपर्ने हो। त्यो ठाउँमा जान चाहनेलाई हामी लैजान सक्छौं।’
गफूरले भने, ‘भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्दैन। हामी यस्तो अवस्थाकालागि तयार थियौं। यसको जवाफ हामी दिन्छौं। भिन्नै प्रकारको जवाफ दिन्छौं, भारतलाई सरप्राइज दिन्छौं।’
गफूरले नै सबैभन्दा पहिला ट्विट गर्दै भारतीय वायु सेनाका विमान पाकिस्तानको सीमाभित्र घसेको जनाएका थिए।
यसअघि पाकिस्तानका विदेशमन्त्री शाह महमुद करैशीले भारतले पाकिस्तानको सम्प्रभुताको उल्लघंन गरेको बताएका थिए।
भारत सरकारले भने भारतीय वायुसेनाको लडाकु विमानले पाकिस्तान भित्र पसेर जैश–ए–मोहम्मदको क्याम्पलाई ध्वस्त बनाएको दाबीगरेको छ। उता पाकिस्तानले भने पाकिस्तानको वायुसेनाले भारतीय विमानलाई बाध्य बनाएर फिर्ता पठाएको बताएको छ।
यसैबीच पाकिस्तानमा सुरक्षा परिषदको आकस्किम बैठक बोलाइएको छ। प्रधानमन्त्री इमारान खानको अध्यक्षमा भएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भारतको दाबीलाई खारेज गर्दै भनिएको छ, ‘भारतको बालाकोट नजिकै कथित आतंकवादी शिशिर ध्वस्त गरेको र ठूलो मात्रमा आतंकवादीको मृत्यु भएको भन्ने दाबी खारेज गर्छछौं।’
पाकिस्तानले स्थानीय र अन्तर्राष्ट्रिय संचारमाध्यमका पत्रकारलाई घटनास्थलमा लगेको थियो। पाकिस्तानकातर्फबाट भनिएको छ, ‘भारतको गैर जुरुरी आक्रमणलाइ आफ्नो रोजाइको ठाउँ र उचित समयमा जवाफ दिन्छ।’
पाकिस्तानका विदेशमन्त्रीले बैठकपछि भने, ‘एकपटक फेरि भारत सरकारले आफ्नो उद्देश्य पूरा गर्नकालागि अनावश्यक र मनगढन्ते दाबीगरेको छ। यो उसले आफ्नो घरेलु आवश्यकता पूरा गर्नकालागि गरेको हो। किनभने चुनावको माहोल छ। यही कारण क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा परेको छ।’
करैशीले भने, ‘प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंग र आम नागरिकसँग जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहन भन्नु भएको छ।’ उनले यो पाकिस्तान विरुद्धको आक्रमण भएको र पाकिस्तानले जवाफ लिने चेतावनी दिएका थिए।
पाकिस्तानका प्रमुख समाचार च्यानल डन न्युजले भनेको छ, ‘भारतीय वायुसेनाले नियन्त्रण रेखाको उल्लघंन गरेको छ। मुजफ्फराबाद सेक्टरमा तीनदेखि चार मिल भित्र सम्म भारतीय वायुसेना घुसेको छ। पाकिस्तानी वायु सेनाले तत्काल जवाफ दिएपछि आत्तिएका उनीहरुले पोलोड खसाएर भागे।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया