सुत्न हिँडेका ३ जनालाई चक्कु हानेर भाग्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
सुत्न हिँडेका ३ जनालाई चक्कु हानेर भाग्ने पक्राउ

सारांश

  • काठमाडौं, माघ १६ ।
  • राजधानीको बालाजुस्थित माछापोखरीमा तीन युवालाई चक्कु प्रहार गरेर भाग्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
  • दाङ पुरन्धरा घर भइ हाल तारकेश्वर ११ मनमैजु हिलेडोल बस्ने तिलक बहादुर घर्ती, सोही स्थानमा बस्ने अनिष खड्का र दोलखा कालिञ्चोक १ घर भई स्वयम्भु बस्ने मिलन सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं, माघ १६ । राजधानीको बालाजुस्थित माछापोखरीमा तीन युवालाई चक्कु प्रहार गरेर भाग्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ पुरन्धरा घर भइ हाल तारकेश्वर ११ मनमैजु हिलेडोल बस्ने तिलक बहादुर घर्ती, सोही स्थानमा बस्ने अनिष खड्का र दोलखा कालिञ्चोक १ घर भई स्वयम्भु बस्ने मिलन सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना पश्चात उनीहर तारकेश्वर ११ स्थित अभियुक्त मध्येका तिलक बहादुर घर्ति मगरको डेराकोठामा लुकिछिपि बसेको अवस्थामा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी निरीक्षक जनार्दन घिमिरेको टोलीले घटनामा प्रयोग भएको धारिलो हतियार चक्कुसहित पक्राउ गरेको हो ।

माग १३ गते राती उनीहरुको चक्कु प्रहार बाट गोरखा भिमसेन गाउँपालिका ४ का सुवास लामिछाने, धादिङ गंगा जमुना ७ मान बहादुर घले र धादिङ सिद्धलेक ४ सुरज थापा घाइते भएका थिए ।

धादिङ काठमाडौं चल्ने बसका कर्मचारी उनीहरु खाना खाई सुत्नको लागि माछापोखरी स्थित धादिङ बसपार्कमा पार्किङ गरी राखेको बस भित्र जाने क्रममा बुद्ध मल अगाडी अभियुक्तले एक्कासी अन्धाधुन्द रुपमा कुटपिट तथा चक्कु प्रहार गरेका थिए ।

घाईते मध्येका मान बहादुर घलेको पेट तथा आन्द्राको विभिन्न भागमा र सुरज थापाको घाँटी, छाती, कोखा, ढाड लगायत विभिन्न स्थानमा चोट लागेको छ ।  अर्का घाईते सुवास थापाको ढाडमा चोट लागेको छ ।

घाईते मध्येका सुरज थापाको वीर अस्पताल ट्रमा सेन्टर उपचार भइहेको छ भने अरु दुई जनाको सोह्रखुट्टेस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना अभियुक्तलाई सोमबार जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

(fii-institute)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?