चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २७, २०७९
|
|
२२ पटक हेरिएको
Shares
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा

सारांश

  • काठमाडौं, ।
  • चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाडौं आईपुगेका छन् ।
  • सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका चान्सुलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा स्वागत गरेका थिए ।

काठमाडौं, । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाडौं आईपुगेका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका चान्सुलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा स्वागत गरेका थिए ।

उनी सभामुख सापकोटाको निमन्त्रणमा नेपाल आएका हुन् । लीको स्वागतमा सभामुखले आजै रात्रिभोजको आयोजना गरेका छन् ।

त्यसअघि सभामुख सापकोटा र समकक्षी लीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।

नेपाल बसाईको क्रममा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार र प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?