चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
सारांश
- काठमाडौं, ।
- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाडौं आईपुगेका छन् ।
- सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका चान्सुलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा स्वागत गरेका थिए ।
काठमाडौं, । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाडौं आईपुगेका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका चान्सुलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा स्वागत गरेका थिए ।
उनी सभामुख सापकोटाको निमन्त्रणमा नेपाल आएका हुन् । लीको स्वागतमा सभामुखले आजै रात्रिभोजको आयोजना गरेका छन् ।
त्यसअघि सभामुख सापकोटा र समकक्षी लीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।
नेपाल बसाईको क्रममा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार र प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया