नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’

सारांश

  • काठमाडौं, ३० कात्तिक।
  • सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा डा.
  • अञ्जान शाक्यलाई सिफारिस गर्ने निर्णय गरेसँगै सत्तारुढ दल नेकपाभित्रै विवाद भएको छ।

काठमाडौं, ३० कात्तिक। सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा डा. अञ्जान शाक्यलाई सिफारिस गर्ने निर्णय गरेसँगै सत्तारुढ दल नेकपाभित्रै विवाद भएको छ। नेतृत्व तहमा छलफल नै नगरी शाक्यलाई राजदूत बनाउन लागिएको भन्दै नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले आपत्ति जनाएको स्रोतको दावी छ।

पार्टीमा योगदान नदिएको व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिन लागिएको भन्दै नेताहरुले असन्तुष्टी व्यक्त गरेका हुन्। शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् । खनाल, नेपाल र गौतमले यस विषयमा पार्टी्भित्र कुरा उठाउने तयारी गरेको बताइएको छ । नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् । नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क
शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क
किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?
किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली
नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली
२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा
२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा
राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र
राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न

तपाईंले छुटाउनुभयो कि?