भारतीय पक्षद्वारा सडक निर्माण स्थगन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
भारतीय पक्षद्वारा सडक निर्माण स्थगन

सारांश

  • महेन्द्रनगर,२४ साउन।
  •  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ ।
  • सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो ।
महेन्द्रनगर,२४ साउन। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएमस्तरमा विवादित क्षेत्रमा तत्काल काम रोक्न आग्रह गरेपछि सडक बनाउन रोकेको हो ।
केही महिनाअघि नेपाल–भारत संयुक्त सर्वे टोलीले ३ नं सीमा पिल्लर, ब्रह्मदेवस्थित महाकाली नदी बाँधको सिँढी रहेको स्थानलाई मान्ने सहमति गरेको थियो । स्थानीयले पनि बाँध चढ्ने उक्त सिँढीलाई नेपाल–भारत सीमा मान्दै आएका थिए । तर भारतीय पक्षले नदीको बाँधको फेदमा पनि टनकपुर ब्यारेजबाट करीब एक हजार ३०० मिटर सडक बनाउन थालेपछि सीमा विवाद बढेको थियो । टनकपुर ब्यारेजदेखि उत्तर करीब एक हजार मिटर दूरीमा सीमा मानिँदै आएको सिँढी पर्छ । तर भारतीयले एकतर्फी रुपमा नेपाली पक्षसित समन्वय नै नगरी सीमाभन्दा करीब ३०० मिटर नेपालतर्फ (ब्रह्मदेव बजारको पश्चिम) सडक विस्तार थालेको थियो ।
सीमाभन्दा करीब ५० मिटर वर बुधबार बिहान पनि भारतले सडक विस्तारका क्रममा पानीको निकासका लागि ह्विमपाइप राख्न खाँडल खनिरहेका बेला सशस्त्र प्रहरी गण ३५ नम्बर गण मझगाउँबाट खटिएको प्रहरीको टोलीले दुई देशबीच जिल्लास्तरमा काम रोक्ने सहमति भएको भन्दै निर्माण कार्य रोकेको थियो । गणबाट सशस्त्र प्रहरी निरीक्षक धनसिंह धामी नेतृत्वको टोलीले सडकमा बनाइएको खाँडलसमेत भारतीय पक्षलाई भर्न लगाएको थियो । सो क्षेत्रको सीमा विवाद नेपाल–भारत संयुक्त सर्वे टिमले मिलाएपछि मात्रै सीमा स्तम्भः राखेर निर्माण थालिने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
बोर्डिङ स्कूलका प्रधानाध्यापककाे मृत्यु
बोर्डिङ स्कूलका प्रधानाध्यापककाे मृत्यु
पश्चिमी वायु सक्रिय भएकाले केही दिन वर्षातसँगै हिमपात
पश्चिमी वायु सक्रिय भएकाले केही दिन वर्षातसँगै हिमपात
‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन
‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
न्यूक्यासलमाथि लिभरपुल ४-२ ले विजयी
न्यूक्यासलमाथि लिभरपुल ४-२ ले विजयी
पोखरामा खानेपानी शुद्धीकरण गरिने
पोखरामा खानेपानी शुद्धीकरण गरिने
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा

तपाईंले छुटाउनुभयो कि?