पश्चिम नेपालमा भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पश्चिम नेपालमा भूकम्पको धक्का

सारांश

  • बैतडी।
  • बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
  •   सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो ।
बैतडी। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।  सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । 
बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। 
दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिए।
गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?