जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १३, २०७९
|
|
१७ पटक हेरिएको
Shares
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन

सारांश

  • काठमाडौ ।
  • नेपाल राष्ट्र बैंकले जग्गाको एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा लिने कार्य डिजिटल प्रणालीमार्फत गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
  • राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स , लघुवित्त र पूर्वाधार विकास बैंकलाई एक निर्देशन जारी गर्दै बैंकिङ्ग प्रयोजनका लागि नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा लिने कार्यलाई डिजिटल प्रणालीमार्फत सम्पन्न गर्न निर्देशन दिएको हो ।

काठमाडौ । नेपाल राष्ट्र बैंकले जग्गाको एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा लिने कार्य डिजिटल प्रणालीमार्फत गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स , लघुवित्त र पूर्वाधार विकास बैंकलाई एक निर्देशन जारी गर्दै बैंकिङ्ग प्रयोजनका लागि नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा लिने कार्यलाई डिजिटल प्रणालीमार्फत सम्पन्न गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले “डिजिटल प्रणाली मार्फत जग्गाको नाप नक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८” जारी भइसकेकोले सोहि अनुसार गर्न गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

यस अघि सम्म कुनै वित्तीय संस्थाबाट जग्गाको पूर्ण विवरण सहितको आधिकारिक पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भई नियमानुसार राजश्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध हुने गरेको थियो । अब भने नापी विभागबाट हालै संचालनमा ल्याइएको अनलाईन प्रविधिमा आधारित मेरो कित्ता प्रणाली मार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएकोले सोहि अनुसार गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
उक्त प्रणाली https://merokitta.dos.gov.np मार्फत सेवा लिन सम्बन्धित संस्थाहरुले यूजर एकाउन्ट लिई “डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८” को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणाली मार्फत कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानी लगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभई प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

भूमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस ब्यबस्थाबारे जानकारी दिदै सेवा उपयोग गर्नको लागि आवश्यक समन्वय गरिदिन राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। सोहि अनुसार राष्ट्र बैंकले “डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८” मा भएको व्यवस्था अनुसार सम्पूर्ण सेवा उपयोग गर्न सबै बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ?
रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ?
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
अब माओवादी एकैचोटी पहिलो पार्टी बन्छ : प्रचण्ड
अब माओवादी एकैचोटी पहिलो पार्टी बन्छ : प्रचण्ड
पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा
पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट

तपाईंले छुटाउनुभयो कि?