यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०८०
|
|
३८ पटक हेरिएको
Shares
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

सारांश

  • काठमाडौं।
  • आइसिसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ।
  • दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा आज भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय तीन रनको लक्ष्य पछ्याएको नेपाल दुई सय ३८ रनमा सीमित भयो।

काठमाडौं। आइसिसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा आज भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय तीन रनको लक्ष्य पछ्याएको नेपाल दुई सय ३८ रनमा सीमित भयो।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन । एक सय चार बल खेलेका उनले १२ चौका प्रहार गरे। साथै कप्तान देव खनालले ३६, सुभाष भण्डारीले ३३ र तिलक भण्डारी १७ रनको योगदान दिए।

न्युजिल्यान्डका लागि मेसन क्लार्कले तीन विकेट लिए भने एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले समान दुईरदुई विकेट लिए । म्याट रो र ज्याक कमिङ्गले समान एकरएक विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट क्षतिमा तीन सय दुई रनको बलियो योगफल बनाएको थियो । न्युजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि राम्रो साझेदारी गरेको न्युजिल्याण्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो। चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे। कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक रएक विकेट लिए। नेपालले अब बुधबार पाकिस्तानसँग खेल्नेछ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Temp email

    I loved even more than you will get done right here. The picture is nice, and your writing is stylish, but you seem to be rushing through it, and I think you should give it again soon. I’ll probably do that again and again if you protect this hike.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता
रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता
इतिहासमा आज उत्तर र दक्षिण कोरियाबीच पहिलोपटक शान्तिवार्ता भएको दिन
सागमा आज २४ स्वर्णका लागि विभिन्न १२ खेल हुँदै
सागमा आज २४ स्वर्णका लागि विभिन्न १२ खेल हुँदै
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
यी खेलाडिले स्विकारे फिक्सिङ गरेकाे अाराेप
यी खेलाडिले स्विकारे फिक्सिङ गरेकाे अाराेप
After the arrest of gangster Sampat Nehra, Salman Khan receives extra security!
After the arrest of gangster Sampat Nehra, Salman Khan receives extra security!
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे