रसुवामा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ भएको मतदानको मतगणना सम्पन्न भएको हो ।
सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार, समानुपातिकमा जिल्लामा सबैभन्दा बढी मत एमालेले प्राप्त गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा पराजित एमालेले प्रतिनिधिसभा सदस्यतर्फ ७ हजार ८ सय २२ मत ल्याएको छ । यस्तै प्रदेशसभातर्फ एमाले ६ हजार ९ सय १८ मत प्राप्त गरेको छ ।
त्यस्तै प्रतिनिधिसभातर्फ कांग्रेसले ६ हजार ५ सय ९७ मत ल्याएको छ । प्रदेश सभा तर्फ ४ हजार ७ सय ९६ मत प्राप्त गरेको छ । त्यस्तै प्रतिनिधिसभातर्फ नयाँ शक्ति पार्टीले ५ हजार ४ सय ९१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ६ हजार १ सय २७ मत प्राप्त गरेको छ । माओवादीले प्रतिनिधिसभातर्फ १ हजार ८ सय २३ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ २ हजार १ सय २९ मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ २६ हजार ९८ मत खसेको रसुवामा प्रतिनिधि तथा प्रदेश तर्फ २ हजार २ सय ९४ मत पूर्णरुपमा बदर भएको छ । यस्तै ९ सय ८ मत आंशिक बदर भएको सहायक निर्वाचन अधिकृत पौडेलले बताए । मंसिर १० गते पहिलो चरणमा रसुवामा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा तिन वटै सिटमा लोकतान्त्रिक गठबन्धन विजयी भएको छ ।
Ravi Sharma
Yosala kun fata ho galat newas dini talai saram lagdaina