निकुञ्जको संरक्षण थप प्रभावकारी बनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
५४ पटक हेरिएको
Shares
निकुञ्जको संरक्षण थप प्रभावकारी बनाइँदै

सारांश

  • काठमाडौँ,२३ पुस ।
  • रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च भू–भागमा अवस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा थप प्रभावकारी बनाउन सुरक्षा गस्तीलाई तीव्र पारिएको छ ।
  • लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार अवैध धन्दाका मानिसले ठाउँठाउँमा जनावर मार्ने पासो राखेको भेटिएपछि गस्ती कार्यलाई थप तीव्रता दिइएको हो ।

काठमाडौँ,२३ पुस । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च भू–भागमा अवस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा थप प्रभावकारी बनाउन सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार अवैध धन्दाका मानिसले ठाउँठाउँमा जनावर मार्ने पासो राखेको भेटिएपछि गस्ती कार्यलाई थप तीव्रता दिइएको हो ।जङ्गलमा भेटिएका पासो हटाउने कार्य सम्पन्न भइसकेको र अवैध धन्दामा लाग्ने व्यक्तिको पहिचान गरी कारवाही गराउने कार्यलाई तीव्रता दिइएको छ ।

रसुवा जिल्लामा ५७ प्रतिशत, नुवाकोटमा सात प्रतिशत र सिन्धुपाल्चोकमा ३६ प्रतिशत अर्थात एक हजार ७१० वर्गकिलोमिटर क्षेत्रफलमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज फैलिएको छ । निकुञ्जको वरपरमा रहेका ४२० वर्गकिलोमिटर क्षेत्रमा रहेको मध्यवर्ती क्षेत्रका रहेको जैविक विविधता संरक्षणमा निकुञ्जले विशेष ध्यान दिएको प्रमुख संरक्षण अधिकृत राना बताउनुहुन्छ । निकुञ्जको सुरक्षार्थ धुञ्चेमा नेपाली सेनाको गणबाहेक विभिन्न ठाउँमा नेपालीे सेनाको पोष्ट सुरक्षा १० र निकुञ्जको १४ वटा पोस्ट रहेको छ । यसबाहेक दैनिक गस्तीलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विश्वमा दुर्लभ मानिने रातो हाबे्रलगायत ४६ जातिका स्तनधारी जनावर ३१५ पक्षी र जलचरको रुपमा रहेको ३० प्रजातिको माछाको साथै ३७३ प्रकारका चरा एवं ११ थरिका घस्रने जीव रहेका छन् । एक हजारभन्दा बढी प्रजातिका वनस्पतिको पहिचान गरी सूचित पनि भइसकेको छ । चोरी शिकारी पूर्णरुपमा निरुत्साहित गर्न ठाउँठाउँमा सिसी क्यामरा राख्न शुरु गर्न लागिएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षण कार्यले पर्यटकको समेत आगमनमा क्रमशः वृद्धि हँुदै गएको छ । गत आर्थिक वर्षमा जम्मा भएको रु चार करोड ९० लाख राजश्वमध्ये ९० प्रतिशत शुल्क पर्यटकबाट आय भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । यस चालु आवको छ महीनाको अवधिमा आठ हजार ५५४ जना पर्यटकले निकुञ्जको भ्रमण गरिसकेको बताइएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षण कार्य प्रभावकारी बनाउन ३५ जना स्काउटलाई निकुञ्जको महत्व, फिल्डमा काम गर्दा ध्यान दिनुपर्ने विषय, आफ्नो आधार इलाकामा प्रवेश गर्ने मानिसको पहिचान, नीति नियम समेतका विषयमा प्रशिक्षण दिइएको छ ।
प्रशिक्षित भएका गेमस्काउट रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको तीन जिल्लामा रहेका पोष्टमा परिचालन हुने र उनीहरुले स्थानीयस्तरमा रहेका ८४ वटा उपभोक्ता समितिसँग समेत समन्वय गरी जैविक विविधता संरक्षणमा काम गर्ने लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिव गैरेले जानकारी दिनुभयो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सम्पदा अवैधरुपमा उत्तरी नाका रसुवागढीबाट हुनसक्ने निकासी पैठारीलाई समेत गम्भीरतापूर्वक मध्यनजर राखी सुरक्षाका लागि तैनाथ नेपाली सेनाद्वारा जाँच परीक्षणको काम तीव्र रुपमा भइरहेको सूचना अधिकारी गैरेले जानकारी दिनुभयो ।

नेपालको दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज मानिएको भएपनि पर्यटकलाई देखाउने नयाँ नौलो आकर्षणका संरचना भने निर्माण भएका छैनन् । तरपनि यहाँ भ्रमणमा आउने पर्यटकहरु लाङटाङ हिमालको दृश्यावलोकन गर्न, धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड पुग्न पाउँदा हर्षित हुन्छन् । यहाँका उकालीओराली झरना, चौतारी, वन वनस्पति, चट्टान, पहाड स्थनीय वेषभूषाको आकर्षणले मनमोहक बनाई पठाउने गरेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको अर्को आकर्षण अष्मिज पहरे बाँदर तथा आफ्नै तरङ्गमा हिँडिरहने बँदेलले आन्तरिक एवं बाह्य पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्दै गएको र पासाङल्हामु राजमार्ग आपास राम्चे इलाका क्षेत्रको उत्तिसका बोटमा समेत रातो हाब्रे देखिन थालेपछि निकुञ्जको गरिमा उच्च हँुदै गएको छ । सबै सम्पदा संरक्षणका लागि जन सहभागिताबाट हातेमालो गरी समुदायको सहयोग मिल्नेमा निकुञ्ज प्रशासन आशावादी रहेको निकुञ्जका वन प्राविधिकले बताएका छन् ।

सरसफाइबाट निकुञ्जको भू–भागमा स्वच्छ वातावरण कायम गर्न प्लास्टिक तथा टिनजन्य वस्तुलाई निषेध गर्ने तयारी भइरहेको निकुञ्ज प्राविधिक रमेश बस्नेतले बताउनुभयो । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि आउने भक्तजनले कुण्डमा स्नान गरेपछि भिजेको कपडा छोड्ने समस्या बढ्दै गएकामा भने चिन्ता व्यक्त गर्न थालिएको छ । भगवान शङ्कर विराजमान रहनुभएको कुण्डमा त्यसरी बस्त्र छोड्दा पूण्यको साटो पाप थपिने भएकाले कुनै पनि फोहर नफ्याँक्न सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभएको छ ।

विसं २०२९ चैत ९ गते लाङ्टाङको नामले स्थापना भएको लाङ्टाङ राष्ट्रिय निकुन्जभित्र महत्व स्थान, लाङटाङ हिमाल, धार्मिक एवं पौराणिक गोसाइँकुण्ड, ऐतिहासिक रसुवागढी, नुवाकोटको दुप्चेश्वर र सिन्धुपाल्चोकको पाँचपोखरीजस्ता सम्पदा रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले सात भाषामा गरेकाे ट्वीट यस्ता छन्
प्रधानमन्त्री ओलीले सात भाषामा गरेकाे ट्वीट यस्ता छन्
बढी भाडा लिने गाडीमाथि कारवाही
बढी भाडा लिने गाडीमाथि कारवाही
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
बर्दिबास र भंगाहामा १२ जनाको मृत्युको कारण कोरोना नभएको पुष्टि
बर्दिबास र भंगाहामा १२ जनाको मृत्युको कारण कोरोना नभएको पुष्टि
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
बार्सा नेपालले फुटसल टुर्नामेण्ट गर्दै
बार्सा नेपालले फुटसल टुर्नामेण्ट गर्दै
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो