फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २८, २०७९
|
|
२८ पटक हेरिएको
Shares
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन

सारांश

  • पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङतर्फका खेलहरू शुक्रबार सम्पन्न भएका छन्।
  • पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा फेन्सिङतर्फको अन्तिम इभेन्टका रुपमा पुरुष टिम इपीमा आर्मीले एपिएफलाई पराजित गर्दै स्वर्ण हात पार्‍यो।
  • आर्मीले दबाब बनाएको खेलमा एपिएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो।

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङतर्फका खेलहरू शुक्रबार सम्पन्न भएका छन्। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा फेन्सिङतर्फको अन्तिम इभेन्टका रुपमा पुरुष टिम इपीमा आर्मीले एपिएफलाई पराजित गर्दै स्वर्ण हात पार्‍यो।

आर्मीले दबाब बनाएको खेलमा एपिएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो। फेन्सिङमा आर्मीको यो ५ औ स्वर्ण हो। उपविजेता बनेको एपिएफले रजत पदक जित्यो। गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदक हात पारे।

फेन्सिङतर्फ ६ खेलका १२ इभेन्टमा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। ५ स्वर्णसहित आर्मी शीर्ष स्थानमा रहँदा बागमती दोस्रो स्थानमा रह्यो। विभागीय एपिएफ तेस्रो स्थानमा रहँदा अर्को विभागीय पुलिस भने पदकविहीन बनेको थियो।

आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक प्राप्त गर्दा बागमतीले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो। एपिएफ २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा रहँदा सुदूरपश्चिम १ स्वर्ण २ कास्यसहित ३ पदक जित्न सफल भयो।

गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौं स्थानमा रहँदा प्रदेश १ ले ३ कास्य पदक हात पारेको छ। पाँच टिम (कर्णाली, लुम्बिनी, मधेश, पुलिस र एनआरएनए) भने पदकविहीन रहे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?