फागुनभित्रै नेपाल कम्युनिष्ट पार्टी हुने, दुई कार्यदल गठन

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
फागुनभित्रै नेपाल कम्युनिष्ट पार्टी हुने, दुई कार्यदल गठन

सारांश

  • काठमाडौं, ९ फागुन – एकीकरणको प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षर भएको छ, अन्तिम तयारी गर्न दुई कार्यदल गठन भएका छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
  • राजनीतिक कार्यदल एमाले : माधव नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त माओवादी : नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल, देवेन्द्र पौडेल विधान र संगठनात्मक कार्यदल एमाले : ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ माओवादी : रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव सहमतिको खुसीमा बालुवाटारमा भोज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् ।
  • मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए ।

काठमाडौं, ९ फागुन – एकीकरणको प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षर भएको छ, अन्तिम तयारी गर्न दुई कार्यदल गठन भएका छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

राजनीतिक कार्यदल
एमाले : माधव नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त
माओवादी : नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल, देवेन्द्र पौडेल

विधान र संगठनात्मक कार्यदल

एमाले : ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ

माओवादी : रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव

सहमतिको खुसीमा बालुवाटारमा भोज
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् । मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए । ‘तपाईंहरूलाई कुनै औपचारिक बैठक या छलफलका लागि होइन, पार्टी एकीकरण गर्ने सहमतिको खुसियालीमा आयोजित डिनरमा बोलाएको हुँ,’ ओलीले संक्षिप्त धारणा राखेर डिनर लिन आग्रह गरेका थिए । ‘अनौपचारिक रूपमा खुसी साटासाटपछि हामी डिनर सकेर फर्कियौँ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने ।

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता
एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ ।

निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्टीको नाममा सामान्य भए पनि परिमार्जन गर्नुपर्नेछ ।

०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो ।

एउटै नाममा दुई पार्टी दर्ता गर्न मिल्दैन : आयोग
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले एउटै नाममा दुईवटा पार्टी दर्ता हुन नसक्ने बताए । ‘नेताज्यूहरूलाई आयोगमा दल दर्ताको नियम थाहै होला,’ ढकालले नयाँ पत्रिकासँग भने, ‘नामकै कारण उहाँहरूको पार्टी दर्ता किन रोकिएला र ?’ नामको बीचमा कमा वा ड्यासलगायत केही थपेर उही नाम दर्ता गर्न सकिने उनले बताए ।

अध्यक्ष ऋषि कट्टेल भन्छन्, ‘एकता गर्दिनँ, नेकपा दिन्नँ’

नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु । उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।

हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो ? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?
अब अनलाइनमै कन्सुलर सेवा
अब अनलाइनमै कन्सुलर सेवा
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
एसिड प्रहारबाट एक वृद्धाको मृत्यु
एसिड प्रहारबाट एक वृद्धाको मृत्यु
रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर
रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै
चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै
सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल
सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल

तपाईंले छुटाउनुभयो कि?