माओवादीले मन्त्री नहुनेलाई दियो जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
माओवादीले मन्त्री नहुनेलाई दियो जिम्मेवारी

सारांश

  • माओवादी केन्द्रको शनिबार बसेको पुर्व हेडक्वार्टर बैठकले प्रदेश ईच्जार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
  •  यसअघि इन्जार्च रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो ।
  • प्रदेश ३ का ईन्चार्ज हितमान शाक्य र ७ का इच्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत राखिएको छ ।

माओवादी केन्द्रको शनिबार बसेको पुर्व हेडक्वार्टर बैठकले प्रदेश ईच्जार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि इन्जार्च रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो ।

प्रदेश ३ का ईन्चार्ज हितमान शाक्य र ७ का इच्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत राखिएको छ ।  प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का बर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्ती बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् ।

प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारवाही गरिएपछि पद रिक्त थियो ।

क-कसले पाए इन्चार्जको जिम्मेवारी ? 

बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की राम कार्कीलाई दिएको छ ।

२ मा विश्वनाथ साह, ४ मा हितारजा पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई ईन्चार्जको जिम्मेवारी दिईएको छ ।

प्रदेशश ३ शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिईएको छ । आजको नयाँ पत्रिकामा  खबर छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?