आज चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २२, २०७९
|
|
२१ पटक हेरिएको
Shares
आज  चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने

सारांश

  • काठमाडाैं।
  • आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ।
  • यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए।

काठमाडाैं। आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ। यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए।

यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ। चन्द्रोदयसँगै सुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ। नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिने छ। कात्तिक महिनामा दुई वटा मंगलबारमा लागेको यो ग्रहणमा स्नान गर्दा राम्रो हुने ज्योतिष रिजालले बताए।

सूर्यग्रहणको सुतक १२ घण्टा अगावै लाग्ने गर्दछ भने चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्छ। मंगलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी (अशक्त) बाहेकलाई भोजन निषेध गरिएको ज्योतिष रिजालले बताए।

ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको ज्योतिष रिजालले बताए। चन्द्रग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको, तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उनले बताए।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा निकै फलदायी पनि हुने उनले बताए । चन्द्रग्रहण पूर्ण रुपमा लाग्न नपाउँदै सकिने भएकोले यसको असर पनि कम हुने देखिन्छ। औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    registro de Binance US

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?