पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
६२ पटक हेरिएको
Shares
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

सारांश

  • नारायणपुर, २८ माघ , प्रदेश नं ५ का पर्यटकीय गन्तव्यमा पूर्वाधारको विकास हुन सकेको छैन ।
  • प्रदेशका १२ जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विकास पर्याप्त मात्रामा हुन सकेको छैन ।
  • प्रदेश सरकारले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाए पनि त्यहाँ पूर्वाधार अभावसँगै प्रचारप्रसारमा समेत कमि रहेको पाइएको छ ।

नारायणपुर, २८ माघ , प्रदेश नं ५ का पर्यटकीय गन्तव्यमा पूर्वाधारको विकास हुन सकेको छैन । प्रदेशका १२ जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विकास पर्याप्त मात्रामा हुन सकेको छैन ।

प्रदेश सरकारले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाए पनि त्यहाँ पूर्वाधार अभावसँगै प्रचारप्रसारमा समेत कमि रहेको पाइएको छ । “प्रदेश नं ५ मा सयौँ धार्मिकस्थल, ऐतिहासिक र पुरातात्विक सम्पदा छन्, पूर्वाधार निर्माण नहुँदा पर्यटकलाई आकर्षित गर्न सकिएको छैन”, राष्ट्रियसभाका सांसद अनिता देवकोटाले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय कार्यक्रम आएपछि पर्यटकीय क्षेत्रमा काम शुरु भएको छ ।”

सम्पदाको संरक्षण प्रमुख चुनौतीको विषय रहेको उहाँको भनाइ छ । “ऐतिहासिक दरबार जीर्ण छन्, तिनको संरक्षण र खोज अनुसन्धान आवश्यक छ”, उहाँले भन्नुभयो, “प्रचारप्रसार गर्न स्थानीय सरकारले योजना बनाउनुपर्छ ।”

प्रदेशले पर्यटनबाट समृद्धि हासिल गर्नसक्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले बताउनुभयो । “पर्यटक भित्र्याउन सक्ने सम्भावना छ, पूर्वाधार र वातावरण छैन”, उहाँले भन्नुभयो, “तुलसीपुर उपमहानगरपालिकाले यासवर्ष पूर्वाधार निर्माण गर्न योजना बनाएको छ ।”

यस्तै क्यानडा–नेपाल पर्यटन, संस्कृति तथा व्यापार मञ्चका अध्यक्ष नरबहादुर टण्डनले पर्यटकीय राजमार्गको विकास गरी स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी घुम्न आउने पर्यटकलाई दाङका पर्यटकीय क्षेत्रमा आकर्षित गर्न आवश्यक भएको उहाँको भनाइ छ । दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायणप्रसाद भुषाल सरकारले योजना बनाए निजी क्षेत्र पर्यटन क्षेत्रमा लगानी गर्न आतुर रहेको बताउनुभयो ।

प्रदेश नं ५ को पर्यटन चिनारी विमोचन

पत्रकार सपना बोहराले लेख्नुभएको प्रदेश नं ५को पर्यटन चिनारी पुस्तकको विमोचन गरिएको छ । राष्ट्रियसभा सदस्य देवकोटाले सो पुस्तकको विमोचन गर्नुभएको हो । प्रदेशस्तरीय पर्यटनको विकास, सम्भावना र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो । प्रदेशका १२ जिल्लामा रहेका धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक र प्राकृतिक स्थलको बारेमा चिनारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको लेखक बोहराले बताउनुभयो ।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित
राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित
हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक
हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक
प्रधानन्यायाधीश राणा कुनै पनि हालतमा पछि नहट्ने, इजलास तोकेर अघि बढे
विश्व प्रख्यात पत्रकार ल्यारी किङ्गको निधन
विश्व प्रख्यात पत्रकार ल्यारी किङ्गको निधन
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
भूकम्पमा मृत्यु भएका ३२ को अझै सनाखत भएन, यसरी गाडिएका छन् शव
भूकम्पमा मृत्यु भएका ३२ को अझै सनाखत भएन, यसरी गाडिएका छन् शव
एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु