यी बलिउड स्टार जसले भाडाको कोखबाट सन्तान जन्माए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
यी बलिउड स्टार जसले भाडाको कोखबाट सन्तान जन्माए

सारांश

  • शाहरुख खान बलिउडमा सरोगेसी अर्थात भाडाको कोखबाट सन्तान जन्माउने सुरुवात शाहरुख खान र गौरी खानले गरेका थिए ।
  • शाहरुख दम्पत्तिले आफ्नो तेस्रो सन्तान अब्राहमलाई सरोगेसीमार्फत जन्माएका हुन् ।
  • शाहरुख र गौरी पछि भने अरु थुप्रै बलिउड स्टारले सन्तान जन्माउनका लागि सरोगेसीको सहारा लिएका छन् ।

शाहरुख खान
बलिउडमा सरोगेसी अर्थात भाडाको कोखबाट सन्तान जन्माउने सुरुवात शाहरुख खान र गौरी खानले गरेका थिए । शाहरुख दम्पत्तिले आफ्नो तेस्रो सन्तान अब्राहमलाई सरोगेसीमार्फत जन्माएका हुन् । शाहरुख र गौरी पछि भने अरु थुप्रै बलिउड स्टारले सन्तान जन्माउनका लागि सरोगेसीको सहारा लिएका छन् ।

आमिर खान
आमिर खान पनि सरोगेसीमार्फत सन्तान जन्माउने बलिउड स्टार हुन् । उनले दोस्री श्रीमती किरण रावसँग मिलेर सरोगेसी सेलिब्रेटी एजेन्सीसँग सम्पर्क गरेर एक पुत्र जन्माएका छन् ।

सोहेल खान
सोहेल खान र सीमा खानले पहिलो छोरा जन्मिएको करिब १० वर्ष पछि अर्को सन्तान जन्माउने रहर सरोगेसी मदरमार्फत पुरा गरे ।

तुषार कपुर
जितेन्द्र पुत्र तुषार कपुर अहिलेसम्म अविवाहित नै छन् । तर तुषार सरोगेसीको सहारा लिदै एक छोराको बाबु बनेका छन् । विवाह नगरिकनै बाबु बन्ने तुषारको निर्णयलाई धेरै स्टारहरुले सराहना गरेका थिए ।

करन जोहर
करन जोहर पनि सरोगेसीको सहयोगबाट पिता बनेका बलिउड स्टार हुन् । गएको मार्च महिनामा उनले सरोगेसी मार्फत आफु दुई सन्तानको बाबु बनेको सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?