उद्योगपति चौधरीको ‘प्रत्यक्ष’ संसद् यात्रा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
उद्योगपति चौधरीको ‘प्रत्यक्ष’ संसद् यात्रा

सारांश

  • काठमाडाैं।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनिएका छन्।
  • यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद बनेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका हुन्।

काठमाडाैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनिएका छन्।यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद बनेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका हुन्।

बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले हराएका हुन्। चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे।

विसं २०१२ वैशाख १ गते जन्मिएका चौधरी काठमाडौँ महानगरपालिका-१४ का बासिन्दा हुन्। करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित उनी डेढ दशकदेखि सक्रिय राजनीतिमा छन्। चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए। दल प्रवेश गरेसँगै उनी संविधानसभा सदस्य बनेका थिए। नेकपा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकाङ्क्षी उनले चुनाव लडेनन्।

विसं २०७४ मा भएको सङ्घीय संसद् निर्वाचन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र समानुपातिकतर्फको सांसद बने। यो अवधिमा उहाँले सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गरे। गत वर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिए।

‘जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आउनुभएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढ्नुभएको छ। चुनावी प्रचार–प्रसारका क्रममा उहाँले पटक–पटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने’ अभिव्यक्ति दिएका थिए। त्यस्तै, नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउन आर्थिक रुपान्तरणको खाँचो आवश्यक रहेको र त्यसको खाका आफूले बनाउने पनि उनले बताउने गरेका छन्।

संविधानसभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिवाकीय भूमिका छ। उनी सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासङ्घ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष बनेका थिए।

त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उनी रहे। सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गरेका थिए।

व्यवसायलाई विस्तार गर्दै उनी एक सफल उद्योगी बनेका छन्। विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोर्ब्स ’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुन्। फोर्ब्सको अर्बपति सूचीमा अहिले उनी एक हजार नौ सय २९औँ स्थानमा छन्।

विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप ९सीजी० को नेतृत्व चौधरीले गरिरहेका छन्। सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड छन्। खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी छ।

उद्योग व्यवसाय र राजनीतिको समिश्रणबाट आफूलाई चिनाउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय छन्। परोपकारी कार्यका लागि चौधरी फाउन्डेसन सञ्चालनमा छ। ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एसियन म्यान अफ द इयर’ बाट सम्मान गरेको थियो। उनी शास्वत धाम नवलपरासीका संस्थापक पनि हुन्।

चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका छन्। उनका विनोद चौधरी (आत्मकथा), राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन्। चौधरी गल्फ र स्क्वास खेलका सौखिन हुन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Melden Sie sich an, um 100 USDT zu erhalten

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/de-CH/register-person?ref=WTOZ531Y

    Comment Author

    www.binance.com

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?