टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चको अस्वीकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चको अस्वीकार

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।
  • सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो।

काठमाडौं। सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो। योसँगै रायमाझी हिरासतमै रहने भएका छन्।

त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ। उनले उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका थिए।

पूर्व सभासद् आङटावा शेर्पासँग धरौटी माग गर्ने आदेश दिएको छ । शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ७ जनालाई भने थुनामुक्त गर्न अस्वीकार गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?