गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
३७ पटक हेरिएको
Shares
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी

सारांश

  • काठमाडौँ ।
  • सांसद विनोदकुमार चौधरीले गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धारका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा यो विषय उठाइनुपर्ने बताए ।

काठमाडौँ । सांसद विनोदकुमार चौधरीले गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धारका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा यो विषय उठाइनुपर्ने बताए ।

“पचास वर्षदेखि बर्दघाट सुस्ता पश्चिम निरन्तर पीडा, आक्रोश, उपेक्षा र चरम दुःख भोगिरहेको छ । हरेक वर्ष सुस्ता र गण्डकको बाढीका कारण हजारौँ परिवारको खेत डुबानमा पर्छ । ठूलो जनधनको क्षति हुन्छ,” सांसद चौधरीले भने, “पाँच दशक पूराना संरचना जीर्णोद्धार गर्ने विषय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा महत्वपूर्ण एजेन्डाका रुपमा उठाइनुपर्छ ।”

सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको पाँच वर्षसम्म पनि बन्न नसक्नुको कारण खोजिनुपर्ने बताए । “सुदूरपश्चिमको राजधानी कसले बनाउने हो ? तत्कालीन प्रदेशसभाको दुई तिहाइले गोदावरीलाई प्रदेश राजधानी भन्यो । २०७५ सालमा राजधानी घोषणा भएर पनि अहिलेसम्म निर्माण हुन नसक्नुको कारण के हो ?” उनले भने।

शून्य समयमा बोल्नुहुँदै अर्का सांसद बीना जयसवालले नेपाल हिन्दू राष्ट्र कायम हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?