लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान, १८ पुसमा बैठक बस्ने
सारांश
- काठमाडौँ ।
- लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएकाे छ ।
- प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
काठमाडौँ ।लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताउनुभएकाे छ ।
प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो । त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया