सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
५६ पटक हेरिएको
Shares
सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

सारांश

  • काठमाडौँ ।
  • सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ ।
  • अर्थमन्त्री डा.

काठमाडौँ । सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो ।

यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिएका थिए । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर आएका छन् । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रमुख एवं पदाधिकारी पनि सहभागिता रहेको छ ।

नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले विसं २००८ माघ २१ गते पहिलो बजेट प्रस्तुत गरेका थिए । उक्त बजेट रु पाँच करोड २५ लाख बराबरको थियो । त्यसपछिका बजेट विकास केन्द्रित भएकाले वैदेशिक सहयोग प्राप्त भई सडक, पूर्वाधारलगायत महत्वपूर्ण विकास निर्माण अघि बढेको इतिहास छ ।

नेपाली कांग्रेसको नेतृत्वमा विसं २०४८ मा प्रस्तुत बजेटले आर्थिक उदारीकरण तथा नेकपा (एमाले) नेतृत्वको विसं २०५१ प्रस्तुत बजेटले सामाजिक सुरक्षामा जोड दिएका थिए । यी बजेटलाई नेपालको बजेटको इतिहासमा उदाहरणीयरुपमा हेरिने गरिएको छ ।

संसद्बाट प्रस्तुत बजेट वक्तव्य नेपाल टेलिभिजन र रेडियो नेपालसहित विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । प्रस्तुत बजेटमाथि मन्त्रालयगत छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिएपछि अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु
यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा  :पनामा पेपर्स–२ खुलासा
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा :पनामा पेपर्स–२ खुलासा
उपत्यकामा एकैदिन १७०२ कोरोना संक्रमित थप
आठौ राष्ट्रिय खेलकुद अपडेट : अहिलेसम्म कसको पदक कति ?
आठौ राष्ट्रिय खेलकुद अपडेट : अहिलेसम्म कसको पदक कति ?
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)