बाघको आक्रमणवाट चितवनमा दुईजना घाइते
सारांश
- चितवन २८, असार ।
- चितवनको पदमपुरमा बाघको आक्रमणवाट दुईजना घाइते भएका छन् ।
- भरतपुरवाट पदमपुर तर्फ आउने क्रममा खगेरी खोली नजिकै बाघले आक्रमण गर्दा कालिका २ बस्ने रविन्द्र श्रेष्ठ घाइते भएका हुन ।
चितवन २८, असार । चितवनको पदमपुरमा बाघको आक्रमणवाट दुईजना घाइते भएका छन् ।
भरतपुरवाट पदमपुर तर्फ आउने क्रममा खगेरी खोली नजिकै बाघले आक्रमण गर्दा कालिका २ बस्ने रविन्द्र श्रेष्ठ घाइते भएका हुन । उनको भरतपुर स्थित सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ ।
उनको दाहिने तिघ्रामा चोट लागेको छ । त्यस अघि बुधबार दिउँसो खगेरी खोलामा माछामार्ने क्रममा बाघको आक्रमणवाट रत्ननगर १२ बस्ने बुद्धिवहादुर गुरुङ घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख सुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
यस्तै हिजो सांझ पदमपुरवाट भरतपुर तर्फ जान लागेको ना.५० प १९५५ नम्बरको मोटरसाईकललाई पनि बाघले आक्रमण गरेको छ । कालिका नगरपालिका ५ बस्ने इश्वर सिंखडाले चलाएको मोटरसाईकललाई बाघले आक्रमण गरेको हो ।
मोटरसाईकलको हाउजिङमा बाघले चिर्थोन थालेपछि मोटरसाईकलमा सवार दुईजना भागेर ज्यान जोगाउन सफल भए । उनीहरु भरतपुर अस्पताल तर्फ जाने क्रममा बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणवाट मोटरसाईलमा क्षति पुगेको छ । गतवर्ष यहि समयमा खगेरी खोला नजिकै बाघको आक्रमणवाट पदमपुर वस्ने ३६ वर्षका काले प्रजाको ज्यान गएको थियो ।

प्रतिक्रिया