मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
३७ पटक हेरिएको
Shares
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण

सारांश

  • काठमाडौँ ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएका निर्माणमुखी केही सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई व्यवस्था गर्न बनेको विधेयक हस्तान्तरण गरिएको छ ।
  • समाजका अध्यक्ष एवं पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले उनलाई विधेयक हस्तान्तरण गरेका ह्ुन् ।

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएका निर्माणमुखी केही सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई व्यवस्था गर्न बनेको विधेयक हस्तान्तरण गरिएको छ ।

समाजका अध्यक्ष एवं पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले उनलाई विधेयक हस्तान्तरण गरेका ह्ुन् । सङ्घीय सरकारले र संसद्ले बनाउनुपर्ने ती विधेयक मन्त्रालयको नेतृत्वमा विज्ञबाट मस्यौदा तयार गरी सङ्घ, प्रदेश र स्थानीयका सरोकारवालाका सुझावको आधारमा तयार गरिएको समाजले जनाएको छ ।

उक्त विधेयकमा स्थानीय सरकारले कार्यान्वयन गर्ने, प्रदेश सरकारले समन्वय गर्ने र सङ्घले सहजीकरण गर्ने गरी व्यवस्था गरिएको छ । सो अवसरमा मन्त्री मोदीले तीन तहका सरकारबीच समन्वयका लागि विधेयक जरुरी भएको र प्राप्त विधेयकलाई आगामी सदनमा पेश गरिने बताए ।

समाजका अध्यक्ष शाक्य र पूर्वमन्त्री पौडेलले मुलुकका लागि ती विधेयक अत्यन्त आवश्यक रहेकाले विधेयक अन्तिम नभएसम्म समाजको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विधेयकको विशेषताबारेमा जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ
जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ
बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या
बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या
बाँके २ मा संघिय समाजवादी फोरमले दुरी बढाउँदै
बाँके २ मा संघिय समाजवादी फोरमले दुरी बढाउँदै
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
अमेरिकामाथि नेपालको सानदार जित
अमेरिकामाथि नेपालको सानदार जित
कास्की क्षेत्र नं–२ प्रतिनिधिसभा उपनिर्वाचन– त्रिदेवीको भिडन्त
कास्की क्षेत्र नं–२ प्रतिनिधिसभा उपनिर्वाचन– त्रिदेवीको भिडन्त
नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो
नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो
केका लागि हुँदैछ नेपाली युवतीको विदेशीसँग अनमेल विवाह ?
केका लागि हुँदैछ नेपाली युवतीको विदेशीसँग अनमेल विवाह ?
संयुक्त राष्ट्रसंघका महासचिवप्रति युक्रेनी राष्ट्रपति रुष्ट
संयुक्त राष्ट्रसंघका महासचिवप्रति युक्रेनी राष्ट्रपति रुष्ट

तपाईंले छुटाउनुभयो कि?