कास्की क्षेत्र नं–२ प्रतिनिधिसभा उपनिर्वाचन– त्रिदेवीको भिडन्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
५५ पटक हेरिएको
Shares
कास्की क्षेत्र नं–२ प्रतिनिधिसभा उपनिर्वाचन– त्रिदेवीको भिडन्त

सारांश

  • कास्की ।
  • देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ ।
  • हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् ।

कास्की । देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ ।

भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै राजनीतिमा सक्रिय हुँदै आएकी छन् । २०४७ सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला समिति काठमाडौँको कोषाध्यक्षमा निर्वा्चित उनी २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघाराँै राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद्मा निर्वा्िचत भएकी थिइन् ।

त्यसयता निरन्तर राजनीतिमा सक्रिया उनी २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन् । २०५६ मा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषद्को सदस्य बन्न सफल भइन् । २०५६ साल असार २६ गते उनले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग विवाह गरिन् । त्यसयता सक्रिय राजनीतिबाट केही विश्राम लिएर प्राध्यापन पेशामा सक्रिय उनलाई नेकपा जिल्ला कमिटीले विगतको सक्रिय राजनीति पाटो र क्षमतावान् बौद्धिक र तार्किक क्षमता मूल्याङ्कन गर्दै कास्की क्षेत्र नं २ बाट उम्मेदवार बनाएको जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

त्यसैगरी साझा पार्टीले कांग्रेस परित्याग गरी साझा प्रवेश गरेकी रजनी केसीलाई उम्मेदवार बनाएको छ । सामाजिक अभियन्तासमेत रहेकी रजनी केसी सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायतको नेतृत्व सम्हाल्नुका साथै पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजनीमा दिएर राजनीतिमा सक्रियता बढाउँदै उम्मेदवार बनेकी हुन् । केही समयअघि मात्रै साझा पार्टी प्रवेशसँगै केन्द्रीय सदस्य बनेकी केसीलाई यही कात्तिक ६ गते पार्टीको नेतृत्वले प्रतिनिधिसभा सदस्यका रुपमा केसीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो ।

विवेकशील नेपाली दल पार्टीले मंगलबार पत्रकार सम्मेलन गरेर अधिकारकर्मी जमुना शर्मालाई आफ्नो पार्टी उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । शर्मा लामो समयदेखि मनोसामाजिक परामर्शदाता रुपमा कार्यरत हुनाका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आबद्ध रहेकी छन् । कास्कीमा हालसम्म पाँच दलले उम्मेदवार सार्वजनिक गरेका छन् । समाजवादी पार्टीले धनराज गुरुङ र राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।

यद्यपि नेपाली काङ्ग्रेसले जिल्लाबाट १६ जनालाई सिफारिस गरे पनि आजसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । तत्कालीन पर्यटनमन्त्रीको गृह जिल्ला रहेको यस क्षेत्रलाई सबैले चासोपूर्वक नियाँलिरहेका छन् ।

निर्वाचन आयोगका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीका अनुसार हालसम्म निर्वाचन आयोगमा १२८ दल दर्ता छन् । त्यसमा प्रतिनिधिसभा र प्रदेशसभामा भाग लिने दल ९५ र स्थानीय तहमा मात्र भाग लिने दल ७८ रहेका छन् । प्रतिनिधि, प्रदेश र स्थानीय गरी तीनै तहमा भाग लिन पाउने ९२ दल रहेको उनले जानकारी दिए । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा ९२ दलले सहभागी रहेको उनको भनाइ छ । यस वर्ष मात्रै निर्वाचन आयोगमा १६ दल दर्ता भएका छन् । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेको र ३२ स्थल ८२ केन्द्र रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र
सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र
हाम्रो कर्णाली हामी बनाउँछौः इन्चार्ज जनार्दन शर्मा
हाम्रो कर्णाली हामी बनाउँछौः इन्चार्ज जनार्दन शर्मा
कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु
कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या
अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
दोहोरो गोली हानाहानमा दशको मृत्यु
दोहोरो गोली हानाहानमा दशको मृत्यु
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी