अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका नेता पार्वत गुरुङले एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने भन्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने पक्का भैसकेको स्पष्ट पारे ।
  • उनले थपे, ‘प्रधानमन्त्री को बन्छ ?

काठमाडौं । नेकपा एमालेका नेता पार्वत गुरुङले एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने भन्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने पक्का भैसकेको स्पष्ट पारे । उनले थपे, ‘प्रधानमन्त्री को बन्छ ? भन्नेबारे अब कुनै अलमल छैन, ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमल दाहाल प्रचण्ड पार्टी अध्यक्ष बन्नुहुन्छ ।’

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति नहुने समेत जिकिर गरे । उनले दुई पार्टीबीच एकता हुँदैन कि ? भनेर प्रचार गर्नु गलत भएको समेत स्पष्ट पारे ।

‘भोलिबाट एकताको लागि छलफल सुरू हुँदैछ, अब पनि एकता हुँदैन भन्नु जनताको मत विपरित हुन्छ’ उनले भने, ‘जसले एकता मान्दिन भन्छ उ सिद्दिन्छ ।’

त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने समेत बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको जनमतलाई सम्मान गर्दै उहाँले राजिनामा दिनुपर्छ, तर अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको हो कि ? भन्ने आभाष हुन थालेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना
मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?

तपाईंले छुटाउनुभयो कि?