टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
२७ पटक हेरिएको
Shares
टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी

सारांश

  • इस्तानाबुल।
  • टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ।
  • जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तिमा २१ जनालाई हिरासतमा लिइसकेको छ।

इस्तानाबुल। टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ। जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तिमा २१ जनालाई हिरासतमा लिइसकेको छ।

भूकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो। झन्डै तीनसय निर्माण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ। निमार्ण ठेकेदारहरु यति तिब्र गतिमा पक्राउ परिरहेका छन्, मानौं टर्की सरकारले भुकम्पपीडितको उद्धार र राहातमा भन्दा पक्राउमा बढी ध्यान दिइरहेका छन्।

गत सोमवार गएको ७.८ रेक्टरको भुकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २५ हजार भन्दा माथी पुगिसकेको छ, त्यसमाथि हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ।

यस अघि सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनिहरुले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टचार गरेका कारण बिशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीले निष्कर्ष निकालेका छन्। ठेकदारले भुकम्म प्रतिराेधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरुले निष्कर्ष निकाले पछि निमार्ण कम्पनि र त्यसका ठेकेदारहरुलाई तिब्र गतिमा पक्राउ गर्न थालिएको हो।

भूकम्पका क्रममा टर्कीका हजारौं बिशाल भवनहरू भत्किन पुगेका छन्।

(sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि
इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि
आठौ राष्ट्रिय खेलकुद अपडेट : अहिलेसम्म कसको पदक कति ?
आठौ राष्ट्रिय खेलकुद अपडेट : अहिलेसम्म कसको पदक कति ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?