फोटो खिचिरहेका पत्रकारमाथि एसपी लोहनीको लात्ती!
सारांश
- पत्रकारमाथि एसपी लोहनीको लात्ती अदालतमा मुद्दा दर्ता गराएर फर्काउँदै गर्दा अभियुक्त एसपी दिवेश लोहनीले फोटो खिचिरहेका पत्रकारमाथि आक्रमण गरेका छन् ।
- पत्रकारलाई अपशब्द बोल्दै अगाडि बढेका उनले लात्ती प्रहार गरेका हुन् ।
- इमेज च्यानल र अनलाइनखबर डट कमका संवाददाता ध्रुव भट्टराईलाई लात्ती हानेका हुन् ।
पत्रकारमाथि एसपी लोहनीको लात्ती
अदालतमा मुद्दा दर्ता गराएर फर्काउँदै गर्दा अभियुक्त एसपी दिवेश लोहनीले फोटो खिचिरहेका पत्रकारमाथि आक्रमण गरेका छन् । पत्रकारलाई अपशब्द बोल्दै अगाडि बढेका उनले लात्ती प्रहार गरेका हुन् ।
इमेज च्यानल र अनलाइनखबर डट कमका संवाददाता ध्रुव भट्टराईलाई लात्ती हानेका हुन् । अर्का पत्रकार सुमन सुस्केरालाई मुक्का हान्ने प्रयास गरेका थिए । ब्लास्ट दैनिकका अनिल श्रेष्ठलाई अपशब्द बोलेर दुर्व्यवहार गरेका थिए । न्यायालयभित्रै भएको अभद्र व्यवहारको पत्रकार संगठनहरूले भत्र्सना गरेका छन् ।
यसरी भेटिएको थियो सनमको शव
१८ फागुनमा जंगलमा करेन्ट लगाएर हत्या गरिएका उर्लाबारी–७ का युवा सनम शाक्यको शव १९ फागुनमा विराटनगर महानगर–३ स्थित ज्योतिमार्गमा जिपभित्र प्रहरीले बरामद गरेपछि घटनाको अनुसन्धान सुरु भएको थियो ।
सुरुमा महानगरीय अपराध महाशाखाको अप्रेसन टोलीले तस्कर समूहले लहानतिर भरिया सनम शाक्यको हत्या गरेर फरार भएको प्रचारबाजी गराए पनि पछि उक्त हत्या मोरङ उर्लाबारी–१ स्थित कान्छीचोकको जंगलमा गायब सुन खोज्नका लागि यातना दिने क्रममा भएको खुलेको थियो ।
त्यसछि घटनलाई संगठित र रहस्य मानेर गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो ।
अनुसन्धान बलियो छ : समिति
फरक–फरक आरोपमा अभियोगपत्र तयार गरिएको भए पनि सबैमा प्रमाण पुगेकाले मुद्दा बलियो भएको संयुक्त अनुसन्धान समितिको दाबी छ । आरोपी सबैले प्रमाणसहित अभियोग स्वीकार गरिसकेकाले अनुसन्धान बलियो भएको समितिका सदस्य जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए ।
अनुसन्धान अपूरै
गायब साढे ३३ किलो सुन र त्यसका मुख्य मालिक मानिएका चूडामणि उप्रेती गोरेबारे कुनै पत्तो नलागेकाले अनुसन्धान अपूरै रहेको कानुन व्यवासयीहरूले बताएका छन् । प्रहरीले धेरै बेकसुर व्यक्तिलाई शंकाकै भरमा पक्राउ गरेर संगठित अपराधमा अभियोग लगाई फसाउन खोजेको हुन सक्ने आशंका पनि कानुन व्यवसायीले गरे ।
आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र गणेश लम्सालले खबर लेखेका छन् ।
प्रतिक्रिया